सात्विक, राजसी र तामसी भोजनले स्वास्थ्यमा कस्तो असर पार्छ ?

  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

आयुर्वेदका अनुसार हामीले खाने खाद्यपदार्थलाई तीन भागमा विभाजन गरिएको पाइन्छ। सात्विक, राजसी र तामसी। सात्विक आहार गर्ने मानिसहरूको जीवनशैली अत्यन्तै साधारण हुन्छ। उनीहरू स्वास्थ्य र विचारका पनि धनी हुन्छन्। सात्विक खानाले मानिसमा दया, माया, शान्ति, संयम, पवित्रता र मनमा शान्ति दिलाउन मदत गर्दछ। जिज्ञासुहरूले राजसी र तामसी खाना खाँदा र सात्विक खाना खाँदा मनमा कस्तो विचार पैदा हुन्छ, शरीरमा स्फँर्ति जाग्छ कि आलस्यता जाग्छ, निद्रा राम्रो लाग्छ कि लाग्दैन यी यावत् कुरामा ध्यान दिएमा स्वतः थाहा पाउन सक्छन्। त्यस्तै राजसी खानाले मोह तथा खुसीको भाव जगाउन पे्ररित गर्दछ भने तामसी खानाले मानिसको व्यवहारमा क्रोध, अहंकार र विनाशजस्ता भावको पैदा गर्दछ। जसले गर्दा तामसी आहार नियमित गर्नाले मानिसको जीवनमा नकारात्मक सोचको विकास हुने गर्छ, अज्ञानताको वृद्धि हुन्छ र अनावश्यक उत्तेजना जगाउन मदत गर्दछ।

पाइथागोरसको भनाइले अहिलेको समाजको अवस्थालाई चित्रण गरेको छ उनको भनाइ यस्तो छ– ‘जसले काटमार र पीडाको बिउ रोप्छ त्यसले खुसी र प्रेमको जीवन जीउन पाउँदैन।’ दिन प्रतिदिन मानसिक रोगीहरूको संख्या बढ्दै गइरहेको छ। मानिसमा रिस, राग, डाह, उत्तेजना, मोह पनि उत्तिकै वृद्धि भइरहेको कारण हत्या, हिंसा, बलात्कारजस्ता अमानवीय क्रियाकलापको पनि उत्तिकै वृद्धि भइरहेको छ। यसको मुख्य कारण तामसी खाना अत्यधिक प्रयोग गरेकै कारण हो।

नेपाली समुदायमा अत्यधिक मासु उपभोग हुन्छ? त्यति धेरै मासुका लागि कति निर्दोष र निरीह प्राणीहरू मारिन्छन्? यति धेरै पशुपन्छीको हत्या र तिनीहरूको मासु सेवनबाट मानव स्वास्थ्य एवं पर्यावरणमा कस्तो प्रभाव परिरहेको छ? यस्ता विविध कुरामा किन सोच्नुपर्ने भएको छ भने, मासुजन्य पदार्थको अत्यधिक सेवन मानव स्वास्थ्यको हिसाबले हानिकारक मात्र नभएर पर्यावरणका लागि पनि उत्तिकै हानिकारक छ। यतिबेला जलवायु परिवर्तन र पर्यावरण दँषित हुँदै गएको छ, त्यसमा पशुपन्छी आहारका लागि भनेर पाल्ने र तिनको जथाभावी निर्दयी ढंगले हत्या गरेर उपभोग गर्ने मानिसको बदलिँदो जीवनशैली पनि एक प्रमुख कारक मानिएको छ। जुन पशुपन्छीलाई कठोर यातना दिएर मारिन्छ त्यसरी मारिएका पशुपन्छीको मासु खानेलाई त झन्झन् उदासीन हुने र कडा मानसिक रोग लाग्ने सम्भावना अझ बढी हुन्छ। मासु, लसुन, प्याजको अत्यधिक प्रयोगले मानिसको व्यवहारमा नकारात्मक परिवर्तन ल्याउँछ। रिस, काम, उत्तेजना बढाउँछ। भनिन्छ प्राचीन कालमा ऋषिमुनि, ब्रा≈मण वा पुजारीहरूले लसुन, प्याज र मासुजन्य पर्दाथ सेवन नगर्नुको मुख्य कारण पनि आफँलाई शुद्ध र पवित्र राख्नकै लागि हो। यो वाक्यांशले जातीय विभेद गर्न भने खोजिएको होइन। हरेक व्यक्तिले स्वस्थ जीवन जिउनु र स्वस्थ रहनु नै सबैका लागि लाभदायी हुनेछ।

गीतामा भगवान् कृष्णले उपदेश दिने क्रममा अर्जुनलाई खानाको वर्गीकरण गर्दा तीन श्रेणीमा गरेको पाइन्छ। जसअनुसार सात्विक खाना जुन विभिन्न प्रकारका बोटबिरुवाबाट उत्पादन हुन्छ, कोसा, गेडागुडी, हरियो सागपात, फलफँल, दही दँध र घिउ आदि पर्दछन्। सात्विक भोजन सेवन गर्नेले प्रशस्त रेसायुक्त आहारको लाभ उठाउँछन्। जुन हाम्रो शरीरका लागि अपरिहार्य छ। राजसी र तामसी खाना भने बिरुवा र जनावर दुवैबाट उत्पादन हुन्छ। मासुमा रेसायुक्त पदार्थ नगन्य हुन्छ त्यसैले राम्रोसँग पच्दैन। मासुका लागि पशुको बध गर्नुपर्ने हुन्छ यो बौद्धधर्ममा बध वर्जित छ। बौद्धधर्मले मानिसलाई बिरुवाद्वारा उत्पादित खानेकुरा उपभोग गर्न प्रेरित गर्दछ। आयुर्वेदमा स्वस्थ जीवन विशेषतः मनलाई शुद्ध, खुसी र शान्त राख्न सात्विक भोजनलाई जोड दिइन्छ। प्राचीनकालमा सात्विक भोजन चरम चेतनाको निमित्त विकास गरिएको पाइन्छ। पौष्टिक शाकाहारी भोजनजस्तै कडा दाना भएको सुपारी, बदाम, ओखर अन्य बिजहरू, अनाज, चिल्ला फलफँल र तरकारी जसले दिमागको तन्तुलाई बलियो बनाउन मद्दत गर्छ र ओजस विकास गर्छ। सात्विक भोजन गर्ने मानिस अक्सर तृष्ण बुद्धि भएका हुन्छन्। शुद्ध, शान्त स्वभाव भएका पवित्र हुन्छन्। राजसी र तामसी भोजन गर्नेहरू हिंस्रक, उत्तेजक हुन्छन्। तामसको अर्थ नै अँध्यारोपन, अचलता हुन्छ। भनिन्छ दिमागलाई बोधो बनाउनु छ भने तामसी भोजन गर्नु। यतिमात्र नभएर तामसी भोजनले न त मनलाई फाइदा गर्छ न शरीरलाई यसले त शरीरको रोग प्रतिरोधात्मक क्षमता नै खतम गरिदिन्छ। माछामासु, कुखुरा, हाँस तथा राजहाँसको मासु, अण्डा, जाँडरक्सीलगायत मादकपदार्थ तथा लागँपदार्थजस्ता तामसी भोजन ऊर्जाशील शरीर र आध्यात्मिक विकासका लागि त्याग्नु नै उत्तम हो।

अस्वस्थ खानाले मानिसको विचार पनि त्यस्तै विकास हुन्छ। कडा रसायनिक पदार्थको प्रयोगले गर्दा आज हरेक दिन मानिस मन्द विष भोजनका रूपमा प्रयोग गर्न बाध्य छ। रसायनिक तŒवले गर्दा प्रत्येक खाद्य पदार्थ विषादी बन्छ भन्ने कुराको चेतना उपभोक्ता वर्गलाई जानकारी नहुनु, पैसाको पछाडि लागिपरेका व्यापारीहरू उपभोक्ताप्रति जिम्मेवार नहुनु र सरकार जहिले पनि आफ्नो कुर्सी जोगाएर पार्टी र कार्यकर्तालाई संरक्षण गर्नमा लागिपर्नु जनताका लागि दुर्भाग्य हो? विषादी प्रयोग गरेका खाद्य पदार्थले गर्दा लामो समयपछि मानिसमा क्यान्सार मधुमेह हुने, ब्रेनलाई असर पु¥याउने, कलेजो र मुटुलाई दीर्घकालीन असर पु¥याउने रोग देखापर्न सक्छन्। मानिसको विचारमा शुद्धता ल्याउने हो भने शुद्ध खाना खानु अपरिहार्य छ। हरेक व्यक्तिको स्वास्थ्य र विचारसँग उसले खाने प्रत्येक खानेकुराको प्रत्यक्षरूपमा असर परिरहेको हुन्छ। त्यसैले भनिन्छ, हामी जस्तो खान्छौं हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ र सँगसँगै विचार पनि त्यहीअनुरूप बदलिँदै जान्छ।

आधुनिक उपचारका उपकरणको विकास र औषधीले मात्र रोग निको हुन सक्दैन। रसायनयुक्त खाद्यान्न फुटपाथमा बेचिने खुला खाद्य पदार्थ, सडेगलेका फलफँल र तरकारी, पसलमा बेच्ने म्याद नाघेका खाद्यपदार्थ, पेयपदार्थ, उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने र असर पार्ने कुनै पनि वस्तु कडाइका साथ निषेध गर्नु गराउनुपर्दछ। पछिल्लो समय नयाँ नयाँ रोग वृद्धि हुनुको प्रमुख कारण जनचेतनाको अभाव र सरकार जनताको स्वास्थ्यप्रति उत्तरदायी नहुनु नै हो।

प्राचीनकालको जस्तो स्वच्छ अगार्निक खानपिन र आजको जस्तो औषधीमँलो र उपकरणको समायोजनले मात्र मानव जीवन स्वस्थ रहन सक्छ र हरेक व्यक्तिमा पनि असल विचारको विकास हुन्छ। त्यसैले भनिन्छ आहारको परिवर्तन शरीरमा पर्न समय लाग्छ, यो कुरा एक रातमा हुने हैन, हाम्रो मनस्थितमा सात्विक भोजनको प्रभाव पर्न महिनौ लाग्न सक्छ।

पछिल्लो समय बिरामीलाई चिकित्सकले मासुजन्य पदार्थ, विशेष गरी रातो मासु, धुम्रपान, मध्यपान कटौती गर्न सल्लाह दिने गरेको पाइन्छ। मासुको सट्टामा गेडागुडी, फलफँल, झोल, सुपमा जोड दिन्छन्। त्यसैले सन्तुलित भोजनका लागि मासुमै निर्भर हुनुपर्छ भन्ने छैन। स्वादको कुरा गर्दा मासुजन्य परिकार मात्र स्वादिलो हुन्छ भन्नु आफैमा भ्रम हो। स्वादमा विविधता खोज्ने र जिब्रोलाई नयाँ स्वादमा अभ्यस्त गर्ने हो भने थरीथरीका सागसब्जीलाई परिकार बनाउन सकिन्छ। शारीरिक स्वास्थ्यका लागि मासु त्यति उपयोगी नहुने त पुष्टि नै भइसकेको छ। मासु पचाउन पाचन यन्त्रले धेरै भार बेहोर्नुपर्छ।

मासु लामो समयमा मात्र पच्छ। त्यसमाथि मासुका लागि जनवारको छनोट गर्ने, बध गर्ने, भण्डारण गर्ने, पकाउने कुरामा हामी अस्वस्थ्यकर विधि अपनाउँछौं। यसले गर्दा मासु हाम्रा लागि रोगको भण्डार बन्ने गर्छ। मासुको खपत कम गर्ने हो भने मुटुको रोगी, मधुमेह, स्ट्रोक र केही किसिमको क्यान्सर पनि न्यँनीकरण गर्दै शँन्यमा झार्न सक्ने सम्भावना देखिन्छ। यसो गर्न सकेमा विश्वभरबाट स्वास्थ्य उपचारका लागि जति खर्च हुन्छ, त्यो बचत हुनेछ। मासुजन्य परिकारको उपभोगले पर्यावरणमा पनि नकारात्मक असर परिरहेको छ। एउटा आलेखमा के दाबी गरिएको छ भने, ‘यदि सन् २०५० सम्म विश्वका मानव समुदाय शाकाहारी भए भने हरेक वर्ष ७० लाख कम मृत्यु हुनेछ। त्यसैगरी पशुसँग जोडिएको उत्पादन पँर्णतः खपत गर्न छाडियो भने हरेक वर्ष ८० लाख कमको मृत्यु हुनेछ।

अक्सफोर्ड मार्टिन स्कुल फ्युचर अफ फुड प्रोगामको एक रिसर्चबाट यो तथ्यांक तयार गरिएको छ। रिसर्चर मार्को स्प्रिगम्यानका अनुसार खाद्य सामग्रीसँग जोडिएको उत्सर्जनमा ६० प्रतिशतको गिरावट आउनेछ। रेड मिड मिथेन ग्यास उत्सर्जित गर्ने पशुबाट प्राप्त हुन्छ। कोलम्बियामा इन्टरनेसनल सेन्टर फर ट्रपिकल एग्रिकल्चरमा काम गर्ने एन्ड्र्यु जर्विस भन्छन्– ‘विकसित देशमा शाकाहारी हुनु निकै फाइदाजनक छ। यो पर्यावरण र स्वास्थ्य दुवैका लागि फाइदा छ।’ चार सदस्य भएका मांसहारी परिवारले दुईवटा कारले भन्दा बढी ग्रीन हाउस ग्यास छोड्छ। उदेकलाग्दो चाहिँ के छ भने, जब ग्लोबल वार्मिङको कुरा गरिन्छ, तब कारलाई दोष दिइन्छ, मासु खानेहरूलाई होइन। यही कारण ग्रीन हाउस ग्यास उत्सर्जन बढी हुन्छ। ब्रिटेनका फुड सेक्युरिटी विज्ञ टिम बेन्टन भन्छन्– ‘हाम्रो खानपानको प्रवृत्तिले हाम्रो माहौलमा असर पर्छ। तर, यसमा कसैको ध्यान जाँदैन। हामीले पँर्णरूपमा मासु छाड्न सकेनौं भने पनि यसको खपत कम गर्न सकिन्छ। यसले पक्कै सकारात्मक नतिजा दिनेछ।


खाद्यान्नकै लागि भनेर पशुपंक्षी पालनाले वातावरण प्रदँषित हुनुका साथै पृथ्वीमा उत्पादित अन्न ६० प्रतिशतभन्दा बढी पशुपक्षीका लागि आहारको रूपमा प्रयोग गर्नुपर्ने भएकाले मानिसहरू भोकमरीको चपेटामा पर्ने गर्दछन्। अर्को कुरा जलवायुमा आएको उतारचढावकै कारण विश्वमा दिन प्रतिदिन पिउने पानीको समस्या बढ्दै गएको छ। पशुपक्षीका लागि मानिसको भन्दा ७० प्रतिशत बढी पानीको आवश्यकता पर्दछ भने अब मानिसहरूका लागि आवश्यक यति धेरै पानी कसरी पँर्ति गर्न सकिन्छ? त्यसैले अब पशुपक्षी पाल्नुभन्दा फलफँल, तरकारी खेतीमा मानिसहरूले बढी ध्यान नदिएमा मानिसले खाने पशुपक्षीले मानिसको अन्त्य गर्न धेरै समय कुर्नुपर्दैन होला। खोला–नाला प्रदँषित गर्ने बढीभन्दा बढी जङ्गल सखाप हुने मुख्य कारण नै पशुपक्षी पाल्नु हो। आजभोलि मीठो खाने सपना देख्ने गरेकै कारण मानिसले आफ्नो अस्तित्व नै खतरामा पारेको हो कि जस्तो लाग्छ।


मानिस चेतनशील प्राणी भएको नाताले हरेक जीवित प्राणीहरूलाई आफै जन्मन, हुर्कन र मर्न दिनु प्राकृतिक प्रणालीलाई सन्तुलित राख्न खोज्नु हो। आवश्यकताभन्दा बढी पशुपक्षी पाल्ने गर्नाले प्राकृतिक संरचनामा नै खलबल आउन सक्छ। परिणाम मानव सृष्टि नै खतरामा पर्नसक्छ। पर्यावरणीय सन्तुलन कायम राख्ने र आफ्नो पनि अस्तित्व जोगाउने हो भने अब मानिसहरू सचेत हुन ढिला गर्नुहुँदैन किनकि वैज्ञानिकहरूको भनाइअनुसार बढ्दो वातावरणीय प्रभावका कारण दिन प्रतिदिन नयाँ रोगहरूको उत्पत्ति हुनु र मानिसको नकारात्मक जीवनशैलीकै कारण दुखाइ कम गर्ने र एन्टिबायोटिकजस्ता ओषधीले काम गर्न छोडेको अवस्था छ। यसले विश्वका वैज्ञानिकहरूलाई गम्भीर हुन बाध्य बनाएको छ। यदि यो क्रम जारी रहने हो भने मानव स्वास्थ्य भयावह स्थितिमा पुग्न सक्छ र सबै जीवित प्राणीहरूमा ठँलो संकट आउन सक्छ। यस्ता भयावह स्थिति आउन नदिन बेलैमा सचेत हुन जरुरी भएको छ। नेपाल समाचारपत्रबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

62 − 58 =