शुक्रबार रिलिज : ‘चौका दाउ’ र ‘भिलेन’ मध्ये कसले मार्ला बाजी ?

  • 125
  •  
  •  
  •  
  •  
    125
    Shares


काठमाडौं, २७ पुस । आज शुक्रबार दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । जसमा ‘चौका दाउ’ र ‘भिलेन’ छन् ।

पूर्णेन्दु झाको निर्देशन रहेको ‘चौका दाउ’ कमेडी जनरामा बनेको चलचित्र हो । जसमा नेपाली चलचित्रका चर्चित कमेडी कलाकार सन्तोष पन्त, तैयव शाह, विल्सनविक्रम राई, रवीन्द्र झा, श्याम राई, निर्मल शर्मालगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा वर्षा राउत र अजश्र ढुंगानाको मुख्य भूमिका रहेको छ ।

वरिष्ठ संगीतकार शम्भुजित बासकोटाको कथा र संगीत रहेको ‘चौका दाउ’ सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ । सार्वजनिक प्रदर्शनअगावै चलचित्र ‘चौका दाउ’ बिहीबार चितवनमाम ‘प्रिमियर’ गरिएको थियो । नारायणगढस्थित क्युएफएक्सको जालमा हलमा आयोजित प्रिमियर शोमा चलचित्र हेरेका अधिकांशले यसको कमेडी शैली र सन्देशलाई रुचाएको निर्देशक पूर्णेन्दु झाले बताए ।

अभिमन्यु निरवीको पटकथा संवाद रहेको चलचित्रमा छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्वन्द्व निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाइज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ छन् ।

यस्तै, आज शुक्रबार एक्सन प्रधान ‘भिलेन’ रिलिज भएको छ । चलचित्रमा निखिल उप्रेती र शिल्पा पोखरेलको मुख्य भूमिका रहेको छ । चार वर्षअघि निर्माण भएको चलचित्र बल्ल प्रदर्शनमा आएको हो । कपिल खत्रीको निर्माण रहेको चलचित्रलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । ‘भिलेन’ सिंगल स्क्रिन थिएटर टार्गेट गरेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

99 ÷ = 11