बार्सिलोना लेभान्टेसँग २–१ ले पराजित, मेस्सी गोल गर्न असफल

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २७ पुस । स्पेनिस ‘कोपा डेल रे’ फुटबलको प्रि–क्वाटरफाइनल पहिलो लेगको खेलमा बार्सिलोना पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा बार्सिलोनालाई लेभान्टेले २–१ ले हराएको हो । लेभान्टेलाई विजयी गराउन एरिक काबाको र बोर्या मेयोरलले एक–एक गोल गरे ।

बार्साका ब्राजिलियन मिडफिल्डर कौटिन्होले पेनाल्टीमार्फत एक गोल फर्काए । बार्साका क्याप्ेटन लियोनल मेस्सी गोल गर्न असफल रहे । हारसँगै दोस्रो लेगको खेलपूर्व बार्सिलोना केही दबाबमा आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =