टाइगर श्राफले बलिउड नायक ऋतिक रोशनको लागि गरेको यो डान्स भिडियो भयो भाइरल

  • 364
  •  
  •  
  •  
  •  
    364
    Shares

काठमाडौं । बलिउड अभिनेता ऋतिक रोशनको हिजो (विहीवार) ४५औं जन्मदिन भब्यताको साथ मनाएको थियो । उनको जन्मदिनको अवसरमा सामाजिक संजालहरुमा बलिउडकर्मी तथा उनका प्रशंसकहरु धेरैले शुभकामना दिएका थिए । यसैबीच ऋतिक रोेशनकी पूर्व पत्नी सुज्यान खानले पनि ऋतिकलाई जन्म दिनको शुभकामना दिएकी थिइन् । उनीहरुको विवाह गरेको १४ वर्षपछि डिभोर्स भएको थियो ।

यसै जन्मदिनको अवसरमा अभिनेता टाइगर श्राफले एक भिडियो सामाजिक सञ्जालमा पोष्ट गदै जन्मदिनको शुभकामना दिएका थिए । जुन भिडियो निकै भाइरल भएको छ । टाइगरले भिडियोमा यस्तो लेख्दै ‘आफ्नो इंस्पिरेशनसँगै काम गर्ने अवसर प्राप्त भयो । हामी जस्ता व्यक्तिलाई इंस्पिरेशन दिएकोमा धन्यावाद । ह्याप्पी बर्थ डे ऋतिक रोशन ।’ भन्दै शुभकानमना दिएको थियो ।

यस भाइरल भिडियोमा टाइगर ऋतिक रोशनको गीत ‘इक पल का जीना’ मा धमाकेदार डान्स गरिरहेको देखिएका छन् । किनभने यो गीतसगै फिल्म नै उनको ‘कहो न प्यार है’ डेब्यू फिल्म हो । २००० मा यो फिल्म रिलिज हुँदा टाइगर जम्मा १० वर्षका थिए । उता ऋतिकको उमेर २६ वर्षको थियो ।

टाइगर श्राफको यो डान्स भिडियो जम्मा दुई घण्टा भित्र ८ लाखभन्दा धेरै भ्यू भएको थियो । ६ घण्टामा १६ लाखभन्दा धेरै हेरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

98 ÷ 49 =