‘सालको पातको’ गीतले तोड्यो रेर्कड! लोकप्रियता अझै बढ्दो क्रममा, दुई करोड पुग्यो ‘भ्युअर्स’,

  • 284
  •  
  •  
  •  
  •  
    284
    Shares

यतिबेला ‘सालको पातको टपरी हुनी’ लोकदोहोरी गीतको म्युजिक भिडियो निकै भाइरल भएको छ । उक्त गीत युट्युब च्यानल मार्फत गत असोजमा सार्वजानिक गरिएको हो । करिब चार महिना पनि नपुग्दै गीतले दुई करोड भन्दा बढि दर्शक कमाएको छ ।
नवराज पन्तको शब्द र वसन्त थापाको सङ्गीत रहेको यस गीतलाई कुलेन्द्र विश्वाकर्मा र विष्णु माझीको अवाजमा दिएका हुन् ।

यस भन्दा अगाडी यी चारजनाको टिमले २०६८ मा ल्याएको ‘र्डाडै फुर्के सल्लो’बोलको लोकगीतले पनि त्यत्तिकै चर्चा पाएको थियो । गीत युट्युबमा मात्र नभएर गाउँघर तिर विशेष रुपमा यस गीतको लोकप्रियता झल्कीएको छ । गीतको शब्द, संगीत र मौलिक भाकाको कारणले गीतलाई सबजसोले रुचाएका हुन् ।

गीतका गायक विश्वकर्माले यत्रो चर्चा पाउला भनेर नसोचेको बताए । उनी थप्दछन्, शब्द, संगीतको साथमा स्वर र अभिनय पनि राम्रो भएको कारणले गर्दा दर्शक मन जितेको हो । भिडियोमा नायिका मरिष्का पोखरेल, गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनयलाई देख्न सकिन्छ ।

शिव विकले निर्देशन गरेको उक्त गीतको बारेमा हाल अमेरिकामा रहेका गीतकार नवराज पन्तले मानवीय प्रेम र सम्बन्धमा आउने उतारचढावलाई रचनागर्भ भएको बताए, त्यसको साथमा उनले मायाप्रेममा हुने अविश्वास र त्यसको भोगाई पनि गीतमा भएको बताउँदै शब्दलाई रुचाइएको बताए । गीतलाई बेलायत भ्रमणमा हुदाँ सङ्गीतकार थापाले नयाँ गीत मागेपछि पन्तले सालको पातको टपरी हुनी लेखेका हुन्, उनीले यो गीत कम्पनीमै कागजमा उतारेका थिए ।

पछिल्लो समयमा युवापुस्ताले उक्त गीतको टुक्का निकाल्दै टिक टकमा अभिनय भिडियो बनाई सामाजिक संजालमा मार्फत धेरैनै पोष्ट गरेको देखिन्छ । झ्याउरे लय र ठेट शब्द र मन छुने स्वरले उक्त गीतको लोकप्रियता बढेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × = 70