नेविसंघका सात पदाधिकारीले कांग्रेस सभापति देउवालाई बुझाए राजीनामा, अध्यक्ष महरले कार्यकाल बढाउन लागेको आरोप

  • 11
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं, २७ पुस । नेपाल विद्यार्थी संघका सात पदाधिकारीले पदबाट राजीनामा दिएका छन् । उनीहरूले शुक्रबार बिहान आफ्नो राजीनामा पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएका छन् ।

राजीनामा दिनेहरूमा उपाध्यक्ष पुष्पकुमार शाही, विकास केसी र सञ्जय यादव, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्रीत्रय प्रकाश घिमिरे, अच्युत कलौनी र प्रेमराज जोशी रहेका छन् ।
नेविसंघ उपाध्यक्ष शाहीले कार्यकाल सकिएको र तोकिएको समयमा अधिवेशन हुन नसक्ने भएकाले नैतिकताका आधारमा पार्टी सभापतिलाई आफूहरुले राजीनामाको पत्र बुझाएको जानकारी दिए ।

‘हाम्रो पदावधि पूरा भइसकेको छ । विधानअनुसार तीन महिना म्याद थप गरौं त्यो समयमा पनि अधिवेशन हुन सकेन । पछि पार्टीले विशेष कारण भन्दै तीन महिना थप गरिदियो । यो समयमा पनि अधिवेशन हुन सक्ने स्थिति छैन । त्यसैले राजीनामा दिएर बाटो खुला गरिदिएका हौं,’ उनले भने ।

उपाध्यक्ष शाहीले पार्टीले नेविसंघमा ३२ वर्षे हदबन्दी लगाएको र आफूहरु लामो समय पदमा बस्दा आउने पुस्ता नेतृत्व गर्नबाट वञ्चित हुने भएकाले राजीनामा दिएर बाटो खुला गरिएको बताए । उनले नेविसंघ अध्यक्ष नैनसिंह महरालगायतका केही नेताहरु आफ्नो कार्यकाल बढाउन लागिपरेको पनि आरोप लगाए ।

सभापति देउवाले माघ १० गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले नेविसंघबारे निर्णय लिने बताएका थिए । नेविसंघको पछिल्लो पटक थपिएको म्याद यही माघ २ गते सकिँदैछ । तर, अहिलेसम्म केही जिल्लाबाहेक ठाउँमा अधिवेशन हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

31 + = 40