यी हुन् १० लाख भन्दा कम मूल्यमा पाइने उत्कृष्ट एसयुभी गाडी

  • 3.4K
  •  
  •  
  •  
  •  
    3.4K
    Shares

काठमाडौं:  भारतीय बजारमा कार प्रयोगकर्ताहरु बढ्दै गइ रहेको छन् । बजारमा विभिन्न सेगमेन्ट र मोडलका कार बजारमा उपलब्ध छन् ।

उपभोक्ताहरु कारका धेरै भेरियन्ट उपलब्ध भएकाले कार रोज्न कन्फ्युज हुने गरेका छन् । त्यसैले पछिल्लो समय धेरै जसो उपभोक्ताको रोजाइमा एसयुभी पर्ने गरेको छ । यहाँ १० लाख भन्दा कम भारुमा पाइने कारको बारेमा चर्चा गरिएको छ ।
फोर्ड इकोस्पोर्टस्

अमेरिकी कम्पनी फोर्डले उत्पादन गरेको इकोस्पोर्ट कार धेरैको रोजाइमा पर्ने गरेको छ । यो कारमा धेरै विशेषताहरु रहेका छन् । फुल अप्टसमा ६ एयरब्याग रहेको इकोस्पोर्टको मूल्य करिब १० लाख भारु रहेको छ । इकोस्पोर्ट ८ लाख ४२ हजारदेखि ९ लाख ९९ हजार भारुसम्ममा पाइने यो कार विभिन्न भेरियन्टमा उपलब्ध छ । यो कार नेपाली बजारमा समेत उपलब्ध रहेको छ ।

टाटा नेक्सन

टाटा मोटर्सले केही समय अघि सार्वजनिक गरेको एसयुभी सेगमेन्टको नेक्सनले निक्कै चर्चा बटुलेको छ । डिजेल भेरियन्टमा उपलब्ध एक्सइ नेक्सनको मूल्य ७ लाख १९ हजारबाटै सुरु रहेको छ भने अधिकतम मूल्य ९ लाख ६९ हजार भारु रहेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेक्सन नेपाली बजारमा समेत उपलब्ध गराएको छ ।

मारुती सुजुकी भिटारा ब्रेजा

भिटारा ब्रेजा मारुती सुजुकीको धेरै बिक्री हुने मध्येको एउटा कार हो । मारुतीको अन्य कार जस्तै ब्रेजा पनि उपभोक्ताले विश्वास गरेको एसयुभी हो । १.३ लिटर इन्जिनमा उपलब्ध भिटारा ब्रेजाको मूल्य ७ लाख ५२ हजारदेखि ९ लाख ७७ हजार भारु सम्म रहेको छ । यो कार नेपाली बजारमा समेत लोकप्रिय रहेको छ ।

रेनो डस्टर

फ्रान्सेली कार उत्पादक कम्पनी रेनोको डस्टर एसयुभी भारतीय बजारमा लोकप्रियता कमाएको अर्को एसयुभी हो । भिन्न डिजाइनमा उपलब्ध यो एसयुभीको सुरुवाती मूल्य ८ लाख ९५ हजार छ भने अधिकतम मूल्य १० लाख ८९ हजार भारु रहेको छ । रेनोको नेपालका लागि आधिकारीक बिक्रेता एडभान्स अटोमोबाइलले डस्टर गाडी भित्र्याएको हो ।

महिन्द्रा टीयुभी ३००

भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राको टीयुभी३०० भारतमा चर्चित एसयुभी मध्येमा पर्छ । विभिन्न भेरियन्टमा उपलब्ध टीयुभी३०० को सुरुवाती मूल्य ८ लाख २६ हजार भारु छ । त्यस्तै टीयुभीको अधिकमत मूल्य ९ लाख ९९ हजार भारु रहेको छ । नेपालमा अग्नि इनकर्पोरेटेडले महिन्द्राको गाडी उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

51 + = 54