प्रेममा परेको खुलासा गरेका सलमानले आखिर किन भन्न चाहेनन् प्रेमिकाको नाम ?

  • 143
  •  
  •  
  •  
  •  
    143
    Shares

भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता सलमान खान करिब ५३ वर्ष पुगेका छन् । सलमानको प्रेम र विवाहको विषयमा भारतीय मिडियामा निकेनै चर्चा हुनेगर्दछ ।
भखरै सलमानले द कपिल शर्मा शो मार्फत आफु सिगंल नभएको बताएका छन् । खानले लाइफमा कोहि भएको कुरा बताउँदै, उनी ब्यस्त भएको पनि बताएका हुन् ।

सलमान अहिले रोमानियन ब्युटी यूलिया र्वतूरसगँ डेट गर्दैै छन्, उनीहरु दुबै हाल गोवा घुम्न गएका थिए । सलमान र युलिया मात्र नभएर खानको परिवार पनि गोवा गुम्न गएका थिए ।
समालमान खानको गोवा होलिडेजको तस्विरहरुले सामाजिक सञ्जालमा चर्चा बुटुलेको छ । सलमानको बर्थडेबाट युलिया उनको साथमा देखापरेकी छिन्, हुन त सलमान र युलिया २०१३ देखि एकैसाथ छन् ।

प्रेमसम्बन्धमा रहे पनि सलमान यो कुरा खुलाउँन नचाहेको खबर छ ।

सलमानसगँ विवाह गर्नको लागी युलिया हर कोसिसमा रहेको समाचार रहेको छ । युलिया सलमानको साथमा सलमानको आमाको पनि उत्तिकै ख्याल राख्ने गर्छिन् ।

सलमानले १८ नोभेम्बरमा आफ्नो बिवाहको मिती तय गरेका थिए , आमाबुबाको विवाह १८ नोभेम्बरमा भएको कारणले उनले पनि त्यहि दिन विवाह गर्न चाहेको बताउँछन् ।
अहिले पनि सलमानको विवाह गर्ने कुनै संकेत देखिएको छैन् । सलमानले आफ्नो वेडिंग डेट केहि वर्ष अगाडी देखिनै डिसाइड गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 56