नेपालको कीर्तिमान तोड्दै भारतीय युवा, भाषण गरे लगातार १ सय घण्टासम्म

  • 35
  •  
  •  
  •  
  •  
    35
    Shares

बुधवार भारतको उत्तरप्रदेशका लखीमपुर खिरीका यतिश चन्द्र शुक्लाले सबैभन्दा लामो भाषण गरेर विश्व किर्तिमान राख्न सफल भएका छन् । यतिशले लगातार १ सय घण्टासम्म भाषण गरेका हुन् ।

नेपालका अन्तराम केसीले गत अगष्टमा ९० घण्टा २ मिनेट भाषण गरेर गिनिज बुकमा नाम लेखाएका थिए, लगातार १ सय घण्टासम्म भाषण गरेरे अन्तरामको रकर्डलाई यतिशले तोडिदिए । उनले बुधबार राती १० बजेबाट भाषण सुरु गरेर लगातार १ सय घण्टासम्म भाषण गरेका थिए ।

यतिशले यसभन्दा अगाडी ४३ हजार २ वटा चाबि संकलन गरेर र लामो समयसम्म पढाउने किर्तमान पनि कायम गरेका थिए , त्यसको साथमा उनले १ सय २३ घण्टासम्म पढाएर गिनिज बुकमा नाम लेखाएका थिए ।

उनले १ सय घण्टासम्म भाषण गरेको गिनिज बुकका अधिकारीहरुले अनलाइनमार्फत अनुगमन कार्य गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 5 = 1