विराटनगरमा मोबाइल पड्किँदा ७ वर्षीय बालकको ज्यान गयो, आमा भइन् घाइते

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

बिराटनगर । प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा मोबाइल पड्किँदा सात वर्षीय बालकको मृत्यु भएको छ । सोहि घटनामा परि मृतककी आमा घाइते भएकी छन् । शुक्रबार (आज) बिहान विराटनगरको रानीमा मोबाइल खेलिरहेको बेला सात वर्षीय बालक अमृत मण्डलको मोबाइल पड्किँदा ज्यान गएको हो । सोहि घटनामा परि आमा राधिका मण्डल घाइते भएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय आमा-बाबुले स-साना बालबालिकाहरुलाई मोबाइल खेल्न दिने चलन निकै बढेको छ । स्मार्ट फोनमा बिभिन्न खेल तथा मनोरन्जनका भिडियो बालबालिकालाई तिनका अभिभावकले देखाउने चलन निकै बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 2 = 3