तपाईको कपाल झर्छ ? कतै तपाईले यस्ता गल्ती त गर्नुभएको छैन् हेनुहोस् अध्ययनले देखाएको छ यस्ता कारणहरु !

  • 65
  •  
  •  
  •  
  •  
    65
    Shares

कपाल मानिसको सौद्धयसगँ जोडिएको हुन्छ । बलियो, बाक्लो र आर्कषक कपालले महिलापुरुष दुवैलाई स्मार्ट बनाएदिएको हुन्छ । धेरैको एउटै गुनासो रहेको छ कि मेरो कपाल एकदमै झर्छ, के छ यस्तो समस्याको समधानको उपाय?

कपाल बाक्लो आर्कषक र बलियो बनाउनको लागी महिलापुरुष दुवैले आफूले गर्न सक्ने जति मेहनत गरकै हुन्छन् । कपाल लगातार झरेमा तालु खुइलिन्छ, तालु खुइँलिएको प्राय कसैलाई पनि मनपदैन् । कपाल झर्नुलाई प्राकृतिक रुपमा लिइएपनि असामान्य रुपमा कपाल झर्नु राम्रो कुरा होइन ।

हाल गरिएको अनुसन्धानबाट के कुरा पत्ता लागेको छ भने पुरुषमा आउने कारण अनुवांशिक हुन्छन् भने महिलामा तनाव वा मानसिक चिन्ताको कारणले गर्दा कपाल झर्ने गर्दछ । कपाल व्यक्ति अनुसार झर्ने कारणले यहि कारण झरेको हो भनेर ठोकुवा गर्न सकिदैन्, तर अहिलेसम्म अध्ययन गरिएको आधारमा कपाल झर्ने कारणहरु यस्ता रहेका छन् ः

१. अनिद्रा
मानिसको लागी दैनिक ७ वा ८ घण्टाजति निद्राको आवश्यकता पर्ने कारणले गर्दा निद्रामा घटी भएमा वा निद्रा लागने भने पनि कपाल झर्ने समस्या देखापर्दछ । सर्वप्रथम त यसको असर आखाँमा देखापर्दछ र त्यसपछि टाउँकोमा देखापर्दछ । इन्सामोया, कार्कोलेप्सी लगायतका अन्य निद्रासम्बन्धी समस्याको कारणले कपाल भर्ने मात्र नभएर स्वस्थ्यमा पनि समस्या देखापार्दछ, त्यस्तै निद्राकै कारणले गर्दा कपाल लट्टा पर्ने गर्दछ ।

२. हेयर स्टाइल टुलको प्रयोग

व्यस्थ जीवनशैलीको कारणले मानिसहरुले छिटो र छरितो पद्धती अपनाएका छन् । नुवाएपछि प्रायले कपाल सुकाउनको लागी हेयर डा«इअरको प्रयोग गरेका छन् । एक अनुसन्धानबाट कपाल सुकाउन प्रयोग गर्ने हेयर डा«इअर र कपाल बनाउनको लागी प्रयोग गरिने सामाग्रीको कारणले कपाल धेरै झर्ने कुरा पत्ता लगेको हो ।

३. चिन्ता
व्यस्थ मानिसको शरीरबाट धेरै उर्जा जान्छ, व्यस्थ मानिसलाई धेरै तनाव हुने सम्भावना पनि त्यत्तिकै हुन्छ । त्यस्तै परिवार, समाज, साथीभाईको कारणले पनि तनाव सिर्जना हुने कारणले उनीहरुको सम्बन्ध लिमिट रुपमा मात्र बनाई चिन्तामुक्त भएमा कपाल झदैन् ।

४.जंक फुड
जो मानिसले जंकफुड अत्याधिक मात्रामा खानेगर्दछन् उनीहरुको शरीरमा पोषक तत्वको कमी हुन्छ, त्यसैले कपाल झर्न नदिनको लागी सदैव स्वस्थकर खानपानमा पनि ध्यान दिनुपर्दछ ।

५. हर्मोन परिवर्तन

महिलाहरु महिनावारी हुदाँ र गर्भवस्थामा उनीहरुको हर्मोन परिवर्तन भई उतारचढाव सिर्जना भएको हुन्छ । थाइराइट हार्मोनको असन्तुलन र महिनावारी बन्द हुने बोलामा हर्मोन गडबडी हुने कारणले कपाल झर्ने समस्या यो समयमा एकदमै बढि हुन्छ ।

६. वंशाणुगत कारण
कपाल झर्नुको एक प्रमुख कारणको रुपमा वंशाणुगत कारणलाई लिन सकिन्छ । यस्तो समस्यालाई समधान गर्नको लागी गाहै हुन्छ, तर उचित रुपमा कपालको स्याहार कार्यमा जोड दिएमा पनि कपाल झर्नबाट जोगाउन सकिन्छ ।

७. औषधी
अस्वस्थकर जीवनशैलीको कारणले गर्दा धेरै मानिसहरु बिरामी पर्ने गर्दछन् जसको कारणले गर्दा निको हुनको लागी औषधीको सेवन गर्ने पर्ने हुन्छ । यदि प्राकृतिक र घरेलु औषधीको सेवन गरेमा भने कपाल झर्ने समस्या हुदैन् । औषधीको सेवनले कपाल लट्टा पर्ने समस्या पनि देखिन्छ ।

८. रासायनिक उत्पादनको प्रयोग

बजारमा अहिले कपाललाई राम्रो बलियो बनाउने भन्दै स्याम्पू, कन्डीश्नर, तेल, क्रिम लगायतका अन्य रासायको प्रयोग भएको सामाग्री आएको छ । जसको प्रयोग दैनिकजसो बढिरहेको छ । यस्ता रसायको प्रयोगको कारणले कपाल झर्ने समस्या धेरैनै हुने गर्दछ । त्यसैले सधैव प्राकृतिक स्यापूको प्रयोग गर्नुपर्दछ ।

यी कारणबाहेक कपाल झर्ने समस्या मौसम कपाल झ्काल्नु, कपाललाइृ दुख्नेगरी बाध्नु अदि हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 1 =