सावधान ! जाडोमा हातखुट्टा सुनियो वा फोका उठ्यो भने, यस्ता छन् बच्ने उपाय ..

  • 50
  •  
  •  
  •  
  •  
    50
    Shares

चिसोबाट बच्न सकिएन भने चिसोले मानिसलाई समान्यसमस्या देखी गम्भीर रोगले समाउने गर्दछ । विशेषगरी जाडोमा हातखुट्टा सुनिने, फुट्ने, फुस्रो हुने, कपालमा चायाँपर्ने, जस्ता समस्याहरु देखापर्दछन् ।

यो मौसम सुख्खा भएको कारणले गर्दा हातखुट्टामा धुलोहरु छिरेर एलर्जी हुने सम्भावना एकदमै बढि हुन्छ । यस्तै समस्याहरु मध्ये जाडोमा चिलब्लेन्स वा पेर्निया नामको समस्याले पनि सताउँने गर्दछ । यस्तो समस्या हुदाँ हातगोडा वा शरीरको बाहिरी अंग रातो हुने, सुनिने, फोका आउने, घाउँ देखापर्ने जस्ता समस्या देखापर्दछ ।

चिसामो लामो समयसम्म बस्दा वा चिसो पानी चलाउँदा चिलब्लेन्स हुन्छ । चिलब्लेन्सले शरीरको रगतका मसिना नसामा खराबी ल्याउँछ , यस्तो हुदाँ हुदै चिसोमा बसियो भने यो समस्या बल्झिन्छ ।

यस्तो रोगको बारेमा धेरैलाई जानकारी छैन् यस्तो समस्या देखिनुको प्मुख कारण नाकको टुप्पोे नछोप्दा, औलाको टुप्पो नछोप्दा देखापर्दछ । पुरुषलाई भन्दा पनि दुब्लो पातलो महिलालाई यस्तो समस्या देखापर्ने गर्दछ ।

कसरी थाहापाउने त ? यस्ता छन् लक्षणहरु ,

१. चिसो भएको भागमा चिलाउने ।

२. शरीर चिलाउने, पोल्ने, सुनिने, रातो हुने झमझमाउने, पानी जस्तो फोका आउने जस्ता समस्या देखापर्ने ।

यस्तो समस्यालाई समयमै उपचार गरिने भने फुटेर घाउँ बनेर मानिसहरुलाई अल्सर हुने कारणले समयमै बिचार गर्नुपर्दछ

बच्ने उपाय ः

१. सर्वप्रथम यसबाट बच्ने उत्तम विकल्प भनेको चिसोबाट बच्नु र न्यानो कपडा शरीरमा ढाक्नेगरी लगाउनु हो । यदि पानीको प्रयोग गर्नुपरेमा सदैभ मनतातो पानीको मात्र प्रयोग गरेमा यो समस्याबाट बच्न सकिन्छ ।

२. धेरैको बानी के हुन्छ भने चिसोबाट भित्र पस्ने बित्तिकै तातोमा हात खुट्टा सेकाउने । यसो गर्नुलाई धेरैले राम्रो सम्झेका हुन्छन् । तर चिलब्लेन्सले दुःख दिएमा सेकाउनु भन्दा पनि मालिस गर्नुपर्दछ, यसो गर्नाले रगत सर्कुलेसन एकदमै सहि तरिकाले हुन्छ । तातो बनाउने हो भने सेकाउने तर्फ नलागी तातो पानीमा हात खुट्टा डुबाउनु पर्दछ ।

३. चिलब्लेन्सले दुःख दिएमा यसबाट मुक्ति पाउनको लागी लोसनको र मोस्चराइजिङ क्रिमलाई तताएर मालिस गर्नाले राहत मिल्दछ । चिलाउने बाहेक अन्य समस्या देखिएमा तुरुन्त उपचार गराउनु पर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + = 14