काउटिन्होलाई बेचेर नेयमार फर्काउने बार्सिलोनाको तयारी !

  • 393
  •  
  •  
  •  
  •  
    393
    Shares

काठमाडौंः जनवरी ट्रान्सफर विन्डो खुलिसकेको छ । विन्डो खुलेपछि केही रोचक चर्चा समेत सुरु भएका छन्। स्पेनिस पत्रिका इल मुन्डोले ब्राजिलका कप्तान स्टार नेमारले आफु बार्सिलोना फर्किने अभिव्यक्ति दिएको दाबी गरेको छ।

सन् २०१७ मा चार वर्षको बसाइपछि बार्सिलोना छाडेर २ सय २२ मिलियन यूरोमा विश्वकै सर्वाधिक महंगो खेलाडी भएर नेमार फ्रान्सेली क्लब पिएसजी पुगेका छन्। उनी पिएसजीमा खुशी नभएको मुन्डोले जनाएको छ। बार्सिलोनामा पुन फर्काउने प्रयासमा नेमारका पिता लागि परेको जनाइएको छ।

यसैबीच वेलायती पत्रिका इभिनिङ स्टान्डर्डले बार्सिलोनाले नेमार क्लबमा फर्काउन चाहेको जनाएको छ। अर्का ब्राजिलियन मिडफिल्डर फिलिप कोटिन्हो बेचेर बार्साले नेमार भित्राउने प्रयास सुरु गरेको स्टान्डर्डको दाबी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 3