बार्सिलोना छोडेर म्यानचेस्टर युनाइटेड जाँदै काउटिन्हो

  • 4.2K
  •  
  •  
  •  
  •  
    4.2K
    Shares

काठमाडौंः बार्सिलोना मिडफिल्डर फिलिपे कोउटिन्होले क्लब छाड्ने सम्भावना बढेको छ । पछिल्लो समय बार्सिलोनाको पहिलो रोजाईमा पर्न संघर्षरत रहेपछि उनले क्लब छोड्ने हल्ला चल्न थालेको छ ।


कोउटिन्होले यस सिजन जम्मा ९ खेल सुरुवात गर्दै ४ गोल गरेका छन् । प्रशिक्षक एर्नेस्टो भालभेर्डेले कोउटिन्होलाई पहिलो रोजाईमा राख्न छाडेसँगै उनी क्लब छाड्ने सम्भावना बढेको हो । मोटो रकममा लिभरपुलबाट बार्सिलोना आएका उनी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड जान सक्ने सम्भावना रहेको बताइएको छ । उनलाई बार्सिलोनाले सन् २०१८ जनवरीमा १ सय ४३ मिलियन पाउण्डमा खरिद गरेको थियो ।

बार्सिलोनाले पनि पछिल्लो समय पूर्वखेलाडी नेयमारलाई भित्र्याउने अन्तरिक तयारी गरिरहेको बुझिएको छ । त्यसका लागि चाहिने रकम कोउटिन्होको ट्रान्सफरबाट उठाउने क्लबले लक्ष्य राखेको छ । नेयमार सन् २०१७ को ट्रान्सफर विन्डोमा झन्डै २ सय मिलियन पाउण्डमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० तर्फ लागेका थिए । पछिल्लो समय फ्रान्सेली क्लबमा प्रतिस्पर्धा बढेपछि नेयमारले बार्सिलोना फर्कने इच्छा देखाएको हल्ला चालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 ÷ 2 =