युइएफएफ टिम अफ द इअरमा मेस्सी, रोनाल्डो र एमबाप्पे, नेयमार अटाएनन्, को को परे ?

  • 169
  •  
  •  
  •  
  •  
    169
    Shares

काठमाडौंः युइएफएफ टिम अफ द इअरको घोषणा भएको छ । जसमा रियल मड्रिडबाट सर्वाधिक चार खेलाडी परेका छन् । पर्दा प्रिमियर लिग भरबाट जम्मा तीन खेलाडी अटाएका छन्। यस्तै बार्सिलोनाबाट दुई खेलाडी परेका छन् भने इटालियन सिरी ए र फ्रेन्च लिग वान बाट एक-एक खेलाडी उक्त टिममा परेका छन्।

गत सिजन युरोपियन च्याम्पियन्स लिग जितेको रियल मड्रिडबाट तीन डिफेण्डर मार्सेलो, राफले भारन र सर्गियो रामोस अनी बालोन डेओर र फिफा बेस्ट अवार्ड विजेता लुका मोडरिच ड्रिम टिममा परेका छन्। यस्तै गत सिजनसम्म रियलमा खेल्दै यस सिजन इटालियन क्लब युभेन्ट्स गएका क्रिस्टियमानो रोनाल्डो पनि टिममा छन्।

बार्सिलोनाबाट कप्तान लियोनल मेसी र गोलकिपर मार्क टेर स्टेगन छन् भने फ्रेन्च क्लब पीएसजीबाट युवा स्टार किलिएन एमबाप्पे छन्। नेयमार भने यो सूचीमा अटाएका छैनन् ।

प्रिमियर लिगअन्तर्गच चेल्सीबाट मिडफिल्डरद्वय एडेन हाजार्ड र एन गोलो कान्टे तथा लिभरपुलबाट डिफेण्ड भर्जिल भान डाइक छन्।

गोलकिपर स्टेगनसँगै दुई डिफेण्डर भान डाइक र भरान, मिडफिल्डर कान्ते अनी फरवार्ड एमबाप्पे गरी पाँच खेलाडी पहिलो पटक युइएफए टिम अफ दि इअरमा परेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 6 = 4