नेपालमा मात्र लिन सकिने यी ६ अद्भभुत अनुभव

  • 100
  •  
  •  
  •  
  •  
    100
    Shares

काठमाडौं:  तपाई प्रकृति र एड्भेन्चर मन पराउनु हुन्छ रु त्यसको लागि नेपालमा अद्भभुत गन्तव्य रहेका छन् । जसको अनुभव लिन नेपालमा मात्र सम्भव छ ।

विश्वको एक मात्र जहाँ प्रकृति र साहासिक पर्यटन गन्तव्यको संगम स्थल हो । नेपाल ट्रेकिङ, जंगल सफारी, प्याराग्लाइडिङ, र्‍याफ्टिङ, बन्जीजम्प गरेर सहासिक पर्यटनको मज्जा लिन सकिन्छ ।

बञ्जीजम्प:  साहासिक खेल गरेर रमाइलो गर्न चाहने पर्यटकको लागि उपयुक्त गन्तव्य हो भोटेकोशीको बञ्जीजम्प । विश्वकै लामो मानिएको भोटेकोशीको बञ्जीजम्प विश्वभर प्रख्यात रहेको छ । सिन्धुपाल्चोक जिल्लामा रहेको भोटेकोशी नदीमा बञ्जीजम्प गर्नका लागि बर्षेनी स्वेदेशी र विदेशी पर्यटकको लागि आर्कषक गन्तव्य हो । ५ सय फिट तलसम्म जम्प गरिन्छ । भने सुरक्षाको हिसावले सवै प्रविधि प्रयोग गरिएको छ ।

र्‍याफ्टिङ: बर्षेनी हजारौ पर्यटकले नेपालमा ¥याफ्टिङको मज्जा लिने गरेका छन् । नेपालका मुख्य गरी त्रिशुली नदी, भोटेकोशी, कालीगन्डकी, मरस्याङदी, कर्णाली नदी लगायतमा पर्यटकले ¥याफ्टिङमा रमाउने गर्दछन् । नेपालमा ¥याफ्टिङको लागि १ देखि २ दिन र ७ देखि ८ दिनसम्मको प्याकेज पर्यटकले लिने गरेका छन् ।

अन्नपूर्ण ट्रेकिङ: नेपालमा पदमार्गको लागि आउने सवैभन्दा धेरै पर्यटक अन्नपूर्ण पदमार्गमा जाने गर्दछन् । उक्त क्षेत्रमा जाने आधिकांस पर्यटकहरु अन्नपूर्ण बेस क्याम्प सम्म पुग्ने गरेका छन् । अन्नपूर्ण बेसक्याम्प ४ हजार १ सय ३० मिटर उचाइमा रहेको स्थानबाट अन्नपूर्ण हिमालको अवलोकन गर्न सकिन्छ । जसको लागि ७ दिन देखि १२ दिन सम्मको प्याकेज पर्यटकले लिने गरेका छन् ।

प्याराग्लाइडिङ: प्याराग्लाइडिङ नेपालको पर्यटनको राजधानी मानिने पोखरामा प्रख्यात रहेको छ । पोखरा जाने पर्यटकले प्याराग्लाइडिङ मज्जा लिने गर्दछन् । पोखराको सराङकोट बाट फेवाताल किनारमा अवतरण गर्न सकिन्छ ।

तिलिचो ताल: पदयात्रामा जाने पर्यटकको लागि आर्कषक र उपयुक्त गन्तव्य हो तिलिचो ताल । ५ हजार २ सय मिटर उचाईमा रहेको उक्त क्षेत्रमा मनाङ जिल्लामा पर्दछ । प्रत्येक वर्ष उक्त क्षेत्रमा हजारौ पर्यटकहरु जाने गर्दछ ।

लुम्बिनी: सिद्धार्थ गौतम बुद्धको जन्मथलो विश्वका पर्यटका लागि अद्भभुत गन्तव्य हो । जहाँ बार्षिक हजारौको संख्यामा बुद्ध धर्ममा आवद्ध बुद्धिष्टहरु ध्यान तथा दर्शनको लागि आउने गर्दछन् । रुपन्देही जिल्लामा रहेको उक्त बुद्ध भगवनाको जन्मथलो विश्वका बुद्धिष्टहरु एक पटक आउनै पर्ने गन्तव्य हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × = 28