अमरिकी राष्ट्रपतिमा पहिलो पटक हिन्दु महिलाको उम्मेदवारी

  • 97
  •  
  •  
  •  
  •  
    97
    Shares

एजेन्सी,२८ पुस । अमेरिकाको नयाँ राष्ट्रपतिमा पहिलो पटक हिन्दु महिलाले उम्मेदवारी दिने तयारी गरेकी छन् । प्रथम हिन्दु सांसद समेत रहेकी तुलसी गबार्डले अर्को हप्ता औपचारीक रुपमा आफ्नो उम्मेदवारीको घोषणा गर्ने बताएकी हुन् । उनले एक अन्तर्वातामार्फत २०२० को प्रथम सांसदका लागि आफुले उम्मेदवारी दिने निर्णय गरेको बताएकी हुन् ।

आफ्नो बारेमा चिन्तित रहेका कयौँ ब्यक्तिले आफुलाई सहयोग गर्ने बताउँदै उम्मेदवारीको निर्णय दिनु भन्दा अगाडी थुप्रै चुनौतीहरुको सामाना गरिहेको बताइन् । स्वास्थ्य सेवामा पहुँच, अपराधिक न्याय सुधार तथा जलबायु परिवर्तन, अपराधिक न्याय जस्ता मुख्य कुराहरुमा आफु निरन्तर लाग्ने बताएकी छन् । ४ पटक सम्म सासंद पदमा निर्वाचित भइसकेकी ३७ वर्षिय तुलसीले हरेक पटक चुनाव जित्दा विशाल अन्तरले प्रतिद्धन्दिलाई पराजित गर्दै आएकी छन् ।
यो भन्दा अगाडी १२ वर्षसम्म अमेरीकी सैनिकमा रहेर इराकमा तैनाथ जवान बनेर काम गरेकी थिइन् ।

अहिलेसम्म अमेरिकामा हिन्दुले राष्ट्रपति पदमा उम्मेदवारी नदिएको र उनको यो उम्मेदवारी इतिहासकै नयाँ बन्नेछ । यो उम्मेदवारीमा उनको जित भयो भने एकैपटक तीन नयाँ रेकर्ड बस्ने उनको विश्वास रहेको छ । प्रथम हिन्दु महिला राष्ट्रपति, प्रथम महिला राष्ट्रपति र सबैभन्दा कम उमेरकी महिला राष्ट्रपतिमा उनको नाम रहनेछ । अमेरिकाको समोआमा क्याथोलिक परिवारमा जन्मेकी उनी आमा ककेशियनको कारण हिन्दु धर्म अंगालकेकी हुन् । तुलसी २ वर्षको हुँदा हवाइ सरेपछि उनको परिवार हिन्दु धर्ममा गएका हुन् ।

तुलसी अमेरिकाको पहिलो महिला सासंद हुन् । उनले भागवत गीताको नाममा सपथ लिएकी थिइन् । अमेरिकामा बसोबास गर्ने भारती र नेपालीको माझ निकै लोकप्रिय रहेकी छन् । अमेरिकामा बसोबास गर्ने युहुदीपछि भारतीयहरु अमेरिकाको सबैभन्दा धनि र प्रभावशाली समुदायमा पर्छन् । तुलसीले सन् २०१२ मा पहिलो पटक हाउस अफ रिप्रिजेन्टेटिभमा निर्वाचित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =