करण जोहरको च्याट शो क्रिकेटरको लागि बन्यो यति महँगो, दुई क्रिकेटर टिमबाट नै निलम्बित

  • 277
  •  
  •  
  •  
  •  
    277
    Shares

एजेन्सी,२८ पुस । भारतीय चर्चित अभिनेता करण जोहरको च्याट शो ‘कफी वीद करण’ मा सहभागी भएको भन्दै भारतीय क्रिकेट टिमका दुई क्रिकेटर लोकश राहुल र अलराउण्डर हार्दिक पंड्यालाई टिमबाट नै निलम्बन गरेको छ । अष्ट्रेलिया भ्रमणमा रहेका दुवैलार्य भारत बोलाएर क्रिकेट कन्टज्ञोल टिमले निलम्बन गरेको हो ।

उक्त शोमा उपस्थित भएका पंड्याको अभिब्यक्तिको कारण यी दुवैजना संकटमा परेका हुन् । अर्का क्रिकेटर राहुलको अर्काको गल्तीमा परेका छन् उनी टिमबाट बाहिरीनुको कारण सोमा सहभागी हुनु मात्र रहेको छ । पंड्याले एक प्रश्नको जवाफ दिने क्रममा महिलाको भावनामा ठोस पुग्ने गरेर कयौ महिलासँग आफ्नो शारिरिक सम्बन्ध रहेको बताएका थिए । उनको यो भनाइले उनी निकै आलोचनाको सिकार समेत बने । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले पनि उनको आलोचना गरेका थिए । यद्यपी यसैक्रममा कफि वीद करणको विवादीत सो नै हटाइएको छ ।

यो विषयमा जाँच पुरा नहुनजेलसम्म दुवै जनालाई निलम्बनमा राखिने सर्वोच्च अदालतद्वारा गठित प्रशासकहरुको समितिका सि इ ओ प्रमुख विनोद रायले बताए । यो विषयमा विवाद सुरु भएपछि हार्दिकले ट्वीट मार्फत माफी मागेका थिए । तर उनले आफ्नो स्वभावको आधारमा यस्तो जवाफ दिन पुगेकोले कसैको भावनामा ठेस पुगेको भए माफी चाहन्छु भन्दै ट्वीट गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

73 + = 83