सर्जरीपछि कुरुप देखिएकी सारालाई यसरी बनाइयो ट्रोल

  • 353
  •  
  •  
  •  
  •  
    353
    Shares

एजेन्सी,२८ पुस । भारतीय चर्चित अभिनेत्री सारा खानले ओठको सर्जरी गरेको सञ्चार माध्यममा उल्लेख भएपछि उनी ट्रोल बन्न सुरु गरेकी छन् । सर्जरीपछि उनले आफ्नो फोटो इन्स्टाग्राममा पोष्ट गरेकी थिइन् । ओठ सर्जरीको कारण अनुहार नै परिवर्तन भएपछि उनी सामाजिक सञ्जालमा ट्रोल बनेकी हुन् ।

सर्जरीपछि उनको क्यूट अनुहार बद्लिएको छ । लिप सर्जरी उनलाई नसुहाएको तस्वीरमा प्रस्ट देख्न सकिन्छ । आफुलाई अलग देखाउनको लागि गरिएको प्लास्टिक सर्जरीले उनको सोच भन्दा फरक बनाइदिएको छ । सामाजिक सञ्जालमा उनको लुक मन नपरेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बताउँदै आएका छन् । उनी केही समयमा नै सिरियल ‘बिदाइ’ बाट सिरियको पर्दामा देखिने भएकी छन् ।

सिरियलको लागि लुक परिवर्तन गरेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनका फ्यानहरु आश्चर्य चकित परेका थिए । नयाँ लुकको कारण उनले आफ्नो फ्यानको गाली समेत खाएकी छन् । विभिन्न हर्कतको कारण सामाजिक सञ्जालमा छाइरहने उनी यतिबेला ओठको कारण ट्रोल बनेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 2 =