ओझेलमा दाङकै ठूलो दह

  • 24
  •  
  •  
  •  
  •  
    24
    Shares

लमही, २८ पुस । संरक्षण र प्रचारप्रसारको अभावका कारण दाङको ज्यामिरे दह आझेलमा परेको छ । घोराही उपमहानगरपालिका–१४ मा रहेको उक्त दहको प्रचारप्रसार तथा संरक्षणका लागि कुनैपनि निकायबाट चासो नदेखाइँदा उल्लेख्य रुपमा पर्यटक भित्र्याउन सकिएको छैन । 

‘‘दाङकै ठूलो ताललाई हामीले प्रचारप्रसार र संरक्षण गर्ने सन्दर्भमा चासो दिन सकेनौँ’’ ताल व्यवस्थापन समितिका अध्यक्ष दयाजी रोका मगरले भन्नुभयो, “यसले गर्दा उक्त ताल ओझेलमा पर्दै गएको छ ।” ज्यामिरे सामुदायिक वनभित्रको चार हेक्टर बढी क्षेत्रफलमा रहेको ज्यामिरे दहको लम्बाइ एक हजार १५ मिटर, चौडाइ ४० मिटर र गहिराइ ३० मिटर रहेको छ । 

घोराही उपमहानगरपालिकाको रु ५० लाख आर्थिक सहयोगमा ताललाई केही स्तरोन्नति गरी डुङ्गाको व्यवस्था गरेपछि अहिले दैनिक करीब सयको सङ्ख्यामा पर्यटक आउने गरेको अध्यक्ष मगरको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यो सङ्ख्यालाई बढाएर एक हजार पु¥याउने प्रयास भइरहेको छ ।” 

दहमा आन्तरिकसँगै बाह्य पर्यटक भित्र्याउनका लागि ज्यामिरे दह सामुदायिक वन, घोराही उपमहानगरपालिका र जिल्ला वन कार्यालयको संयुक्त पहलमा वृहत गुरुयोजनासमेत तयार भएको अध्यक्ष मगरले बताउनुभयो । 

पर्यटकको आकर्षणका लागि मन्दिर, मिनी–चिडियाखाना निर्माण र तालको चारैतिर बाटो निर्माण, खानेपानीको व्यवस्था, वनभोज स्थलको निर्माण निर्माण मन्दिर निर्माण गर्ने, कम्तीमा तीनवटा डुङ्गाको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

75 − 74 =