के तपाई माघे संक्रान्तिमा तिल र खुदोको लड्डु बनाएर खान चाहनुहुन्छ ? त्यसोभए यसरी बनाउनुहोस् (विधि सहित)

  • 154
  •  
  •  
  •  
  •  
    154
    Shares

यो जाडो महिनासँगै अब केही दिनपछि मकर संक्रान्ति आउदै छ । यस समयमा विशेषगरी लडडु बनाएर खाने चलन रहेको छ । त्यसमा पनि तिल र खुदोको लड्डुलाई चाही महत्वपूर्ण मानिन्छ । किनभने तिल विना यो चाड अधुरो हुन्छ । यसरी तिल र खुदोलाई मिलाएर बनाएका कारण यसले मुटु, दिमाख र हड्डीलाई पूर्ण रुपमा स्वस्थ राख्दछ । त्यसैले कसरी बनाउने भनेर जान्नु भएको छैन् । भने यो विधीहरु अपनाएर १५ मिनेट मै मिठो तिल र खुदोको लड्डु बनाएर खानुहोस् ।
सुरुवातमा यी सामाग्रीहरु तयार पार्नुहोस् :
एक कप तिल ,
एक कप खुदो ,
३ चम्चा घ्यू ,
२ चम्चा सुकुमेल,

आधा कप जति पानी तयार पारेर यो विधी अपनाउनुहोस् ।
सुरुवातमा ग्यासमा पकाउनको लागी प्यान वा तावा बसाल्नुहोस् ।
त्यसपछि तिललाई खैरो हुँदासम्म भुट्नुहोस् ।
त्यसपछि यदि खेरौ भइसकेकपछि तीललाई भाडामा बाहिर निकाल्नुहोस् र चिसो पार्नुहोस् ।
त्यसपछि एउटा कराई तताएर सक्खरलाई हाल्नुहोस् र लेदो बनाउनुहोस् ।
त्यसपछि जब खुदो बाक्लो र गाडा हुन्छ तब यसमा अघि ठिक्क पारेको भुटेको तिल र पिनेको सुकुमेल हाल्नुहोस्।
त्यसपछि एक चम्चा घ्यु तताएर कराईमा हाल्नुहोस् र ग्यास मार्नुहोस् ।
र अन्त्यमा जब त्यो वस्तु घ्यु हालेपछि आगोबाट झिकेर चिसो हुन्छ । त्यसपछि गोलो गोलो लड्डु बनाउनुहोस् । यति गरिसकेपछि मिठो लड्डु तयार हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 3 = 5