नेपाली चर्चित सेलिब्रेटीहरुको डिभोर्स, जसले तहल्का मच्चायो

  • 3.5K
  •  
  •  
  •  
  •  
    3.5K
    Shares

काठमाडौँ,२८ पुस । सेलिब्रेटीको हरेक कुराहरु उनीहरुको फ्यानलाई चासोको विषय बनेको हुन्छ । अक्सर उनीहरुको दैनिकीलाई नियाली रहेका हुन्छन् । पछिल्लो समय डिभोर्सका केशहरु बढ्दै गएका छन् । सर्वसाधारण मात्र नभए नेपालका चर्चित सेलिब्रेटीहरु पनि डिभोर्सको सिकार बनेका छन् । प्राय नेपालका चर्चित सेलिब्रेटीहरु प्रेम र बैबाहिक जीवनमा असफल नै रहेका छन् । त्यसैले आज हामी नेपालका चर्चितसेलिब्रेटीको डिभोर्स बारे बताउन गइरहेका छौँ ।

रबि लामिछाने र इशा श्रेष्ठ : यतिबेला चर्चामा रहेको पत्रकार रवि लामिछानेको डिभोर्सले सामाजिक सञ्जालमा तहल्का मच्चिएको छ । अहिलेसम्म चर्चित सेलिब्रेटीको डिभोर्सलाई हेर्दा रबि र इशाको डिभोर्स केस निकै महँगो बनिरहेको छ । रबिले आफनो सबै सम्पत्ति दिएर आर्थिकरुपमा सुरक्षित गराएका थिए । रबि र इशाले २५ वर्षे लामो बैबाहिक सम्बन्धलाई डिभोर्समार्फत टुङ्ग्याएपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो ।

मनोज गजुरेल र मिना ढकाल : यी दुईको डिभोर्स भएको एक वर्ष बितिसक्दा पनि चर्चा भने उत्तिकै रहेको छ । मनोजले मिनालाई मानसिक सन्तुलन ठिक नभएको अरोप लगाउँदै डिभोर्स गरेका थिए । २ सन्तानको अभिभावक बनेका उनीहरुले २२ वर्षे लामो बैवाहिक यात्रालाई टुङ्ग्याएपछि सामाजिक सञ्जालमाा चासोको विषय बनेको थियो । मनोजले पनि डिभोर्स गर्ने बेलामा ठूलो रकम दिएका थिए । मिनाले अझै पनि मिडियासामु डिभोर्सको बारेमा मनोजको अनेक कुरा खुलाएपनि मनोजले भने केही बोलेका छैनन् ।

रेखा थापा र छबिराज ओझा : नेपाली सिने क्षेत्रका बरिष्ठ फिल्म निर्माता र चर्चित नायिका रेखा थापाको डिभोर्सले पनि सञ्चार माध्यममा तहल्का नै मच्चाएको थियो । फिल्म क्षेत्रमा छवीले नै ल्याएका रेखालाई तेस्रो श्रीमतीको रुपमा आफ्नो घरमा भित्र्याएका थिए । तर उनीहरुको डभोर्सको कारण अझै सम्म पनि खुल्न सकेको छैन् । तर रेखाले भने १६ वर्षको उमेरमा विवाह गरेर बुझ्ने भएपछि छुट्टीनु परेको बताउँदै आएपनि सन्तान नभएको कारण डिभोेर्स भएको हल्ला चलेको थियो । १० वर्षको बैवाहिक सम्बन्धलाई अंशवण्डा गरेर डिभोर्स गरेको छविले बताउँदै आएका छन् ।

प्रियंका कार्की र रोचक मैनाली : पछिल्लो समयकी ब्यस्त र चर्चित नायिका प्रियंका कार्की र रोचक मैनाली बिचको बैवाहि सम्बन्ध पनि खासै लामो समय टिकेन् । यी दुईले प्रेम विवाह गरेका हुन् । अमेरिकाको बसाइ सकेर नेपाल आएकी प्रियंका फिल्ममा ब्यस्त भएपछि रोचकसँग मनमुटाब बढ्यो र अन्तत समाधानको उपायमा डिभोर्स नै राजे । मिस टिन समेत रहेकी प्रियंकाको अनुसार सन्तान जन्मान र फिल्म क्षेत्रमा काम छोड्न दबाब आएपछि डिभोर्स गरेको बताउँदै आएकी छन् । तर उनले डिभोर्स गरेको कुरा १ वर्ष पछि मात्र खुलासा गरेकी थिइन् । यतिबेला भने प्रियंकाले आयुष्मान देशराजसँग इन्गजमेन्ट समेत गरिसकेकी छन् । अब उनीहरु चाँडै बैवाहिक सम्बन्धमा गासिने तयारीमा छन् ।

रीमा विश्वकर्मा र रोबोर्ट विश्वकर्मा : प्रेम विवाह गरेका यी दुईले २ वर्षको वैवाहिक जीवनलाई नै डिभोर्समार्फत अन्त्य गरेका थिए । स्वर फिल्मबाट नेपाली सिने क्षेत्रमा डेब्यु गरेकी रिमाले लण्डनमा बस्दै आएका रोबोर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् । एक अर्काबिच विश्वास नभएपछि अर्काको बोझ बन्न नचाहेर डिभोर्स रोजेको रिमाले बताउँदै आएकी छन् । डिभोर्सको केही समय नबित्दै रोबोर्टले विवाह गरिसकेका छन् भने रिमा आफ्नो करियर बनाउनमा नै ब्यस्त रहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

28 ÷ = 4