ऋतिकको जन्मदिन मनाउन नाकमा नली लगाएर आए क्यान्सरपिडित बाबू

  • 205
  •  
  •  
  •  
  •  
    205
    Shares

एजेन्सी,२८ पुस । बलिउड अभिनेता ऋतिक रोशनले जनवरी १० मा ४५ औँ जन्मदिन मनाएका छन् । ऋतिकको जन्मदिनको तस्वीर उनकी आमा पिंकीले आफ्नो इन्स्टाग्रामा सेययर गरेकी छन् । तस्वीरमा ऋतिकका बाबूले नाकमा नली लगाएर आएका छन् ।

उनको जन्मदिनको अघिल्लो दिन घाँटिको क्यान्सरको अपरेशन गरेको कारण उनले नाकमा नली लगाएका हुन् । तस्वीरमा ऋतिकसँगै आमा पिंकी, पिता राकेश रोशन, ऋतिकका छोरा ऋदान, भान्जी सुनारिका देखिएका छन् ।

ऋतिकको जन्मदिनमा मनाउने क्रममा उनका काका राजेश रोशन पनि उपस्थित थिए । ऋतकले पत्नी सैजुनसँग सम्बन्ध विच्छेद गरिसकेका छन् भने छोरालाई ऋतिकले नै हेरचाह गर्दै आएका छन् । सैजुलने छोराहरुसँगको तस्वीर सेयर गर्दै ऋतिकलाई जन्मदिनको शुभकामना दिएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 3 = 2