सलाहको गोलमा लिभरपुलको ब्राइटनमाथि कठिन जित, सात अंकको अग्रता

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, २९ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्राइटनमाथि जित निकालेको छ । प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले घरेलु टोली ब्राइटनमाथि १–० को कठिन जित निकालेको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाहले दोस्रो हाफमा पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्यो । ब्राइटनले शीर्ष स्थानको लिभरपुललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भए पनि दोस्रो हाफमा रोक्न सकेन ।

४९औं मिनेटमा ब्राइटनका पास्कल ग्रसले मोहम्मद सलाहलाई पेनाल्टी बक्समा फल गरेपछि लिभरपुलले पेनाल्टीको मौका पाएको थियो । जसमा सलाह चुकेनन् । सलाहको सिजनमा यो १७औ गोल हो ।

खेलभर नै घरेलु टोलीलाई दवावमा राखेपनि लिभरपुलले थप गोल गर्न नसक्दा सलाहको पेनाल्टी गोल नै लिभरपुलको जितमा पर्याप्त बन्यो । जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले सात अंकको अग्रता बनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × 1 =