अनसनले डा.केसीको स्वास्थ्य बिग्रिँदै, सरकार चिकित्सा शिक्षा विधेयक संसदमा पेस गर्दै

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ पुुस । डा.गोविन्द केसी आमरण अनसनमा बसिरहेका बेला सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा पेस गर्ने भएको छ।

आइतबार बस्ने संसद बैठकमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले विधेयक पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । गत बुधबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको थियो । सो विधेयकप्रति विरोध जनाउँदै केसीले बुधबारबाटै इलाममा अनसन सुरु गरेका थिए ।

आफूसँगको सहमति विपरितका प्रावधान राखेर चिकित्सा शिक्षा विधेयक तयार पारिएको भन्दै केसीले १६ औं अनसन बसिरहे पनि सरकारले विधेयक अघि बढाउने भएको हो । सरकार केसीको माग सम्बोधन गर्ने भन्दा उनलाई थप चिढ्याउने कसरत गरिरहेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

आफैले गरेको सहमति लत्याएको भन्दै चिकित्सकहरुले सरकारको आलोचना गरेका छन् । चिकित्सा शिक्षा पहुँच योग्य हुनुपर्ने, स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्ने भन्ने मागलाई समेत सरकारले बेवास्ता गर्नु खेदजनक भएको नेपाल चिकित्सक संघको भनाइ छ ।

नेकपा नेता योगेश भट्टराईले भने केसी र केही मेडिकल सञ्चालक चिकित्सा शिक्षा सुधारको बाध भएको आरोप लगाएका छन् । शनिबार राति पार्टी निकट केही पत्रकारहरूसँगको भेटमा नेता भट्टराईले केसीका सबै माग पूरा भइसकेको दाबी पनि गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 × = 81