माघे संक्रान्तिमा गर्नुुहोस् यी ५ कार्य हुनेछ फाइदै फाइदा

  • 680
  •  
  •  
  •  
  •  
    680
    Shares

काठमाडौँ,२९ पुस । विशेष गरेर हिन्दु धर्मावलम्बीहरुले मान्दै आएको चाड माघे संक्रन्तिमा घ्यू , चाकु र तरुल खाएर मनाउने गरिन्छ । यो दिन सूर्य धनु राशीबाट निस्किएर मकर राशिमा प्रवेश गर्ने भएकाले यो दिनलाई माघे संक्रान्तिको रुपमा मान्ने गरिएको हो । १२ संक्रान्तिमध्ये यो संक्रान्तिलाई शुभ मानिन्छ । माघे संक्रान्तिमा सुर्य दक्षिणयनबाट उत्तरायण हुने गर्छ । त्यसकारण सबै प्रकारको शुभ र मांगलिक कार्य फेरि सुरु हुन्छ ।

यो पटकको मकर संक्रान्त्मिा अमृत सिद्द ,सवार्थ सिद्ददी र रबि योग पनि रहेको छ । ज्योतिष शास्त्र अनुसार यो तिन योगलाई निकै शुभ मान्ने गरन्छ । मकर संक्रान्तिको यो प्रकारको शुभ योगमा स्नान गरेर पूजा पाठ गरेमा शुभ फल प्राप्त हुनेछ । त्यसैले आज हामी तपाईलाई माघेसंक्रन्तिमा गर्नुपर्ने ५ कार्यको बारेमा बताउन गइरहेका छौँ ।

१. माघे संक्रन्तिको दिन अरु दिन जस्तै नजिकैको पबित्र नदीमा गई स्नान गर्ने । यदि यो पनि सम्भव छैन् भने घरमै पानीमा थोरै गंगाजल राखेर स्नान गर्ने ।

२.यसरी स्नान गरिसकेपछि तामाको भाडाँमा जल चामल र रातो फुल राखेर सूर्य देवतालाई समर्पित गर्ने । त्यसपछि जल चढाउने बेलामा सूर्यको मन्त्र जप गर्ने ।

३.यो दिन दान दिने चलन पनि रहेको छ । त्यसकारण मन्दिरमा गएर गुड र कालो तिलको दान गरेमा सूर्य र शनि देव प्रशन्न हुने मान्यता रहेको छ ।

४. सूर्यलाई जल चढाइसकेपछि मन्दिरमा शिवलिङ्गमा पकालो तिलको साथै जल चढाउने ।

५.माघे संत्रान्तिको दिन तिल र गुडबाट बनेको चिज खाने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

40 ÷ 4 =