नौ महिनादेखि कामै नपाएपछि फोनमै छोरीसँग कुरा गरेर चित्त बुझाउँछन् कामेश्वर चौरासिया

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौं, २९ पुस । नेपालमा एउटा उखान चर्चित छ बलेको आगो सबैले ताप्छन्, निभेको आगोमा कोही हुन्नन् । यही उखान अहिले अभिनेता कामेश्वर चौरासियाको जीवनमा लागू भएको छ ।

‘लुट’, ‘रेशम फिलिली’, ‘कृ’, ‘राज्जा रानी’, ‘पलाँस’ जस्ता चलचित्रमा आफ्नो छुट्टै पहिचान बनाएर स्थापित भएका कामेश्वर नौ महिनायता कामविहीन भएका छन् । उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘गरुड पुराण’ हो, जुन प्रदर्शनका लागि तयार भएको छ ।

‘गरुड पुराण’ खेलिसकेपछि अहिलेसम्म कसैले पनि आफूलाई चलचित्र वा नाटकमा काम गर्न अफर नगरेको उनको भनाइ छ ।

काठमाडौंमा चलचित्र र नाटकमा कामै नपाएपछि सँगै बस्दै आएका १६ महिने छोरी र श्रीमतीलाई वीरगन्ज घर पठाएको उनले गुनासो गरेका छन् ।

आफू निकट कलाकार र मिडियालाई उनले अहिले छोरीसँग फोनमै कुरा गरेर चित्त बुझाउने गरेको बताएका छन् । काठमाडौंको महँगी त्यसमा पनि आफू कामविहीन भएकाले बस्नै नसक्ने अवस्था आएको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 4 = 1