एक कन्जुसको खुल्यो विश्वलाई चकित पार्ने अनौठो रहस्य , जसले दिनमा ७५ लाख कमाएपनि फाटेको जुत्ता लगाउथे

  • 867
  •  
  •  
  •  
  •  
    867
    Shares

काठमाडौ । अमेरिकामा यही महिना एक कन्जुस मान्छे ६३ वर्षकाे उमेरमा क्यान्सरको रोगले मरेपछि उसको एक अनौठो रहस्यको खुलासा भएको छ । जुन कुरा सुनेर अहिले संसारकै मानिसहरु भावुक बनेका छन् । उनको नाम एलेन हो । जब बाबुआमाको मृत्यु भयो । त्यसपछि उनी आफु विहे नै नगरी आफ्नो मानसिक रोग भएका दाजुलाई हल्का सहयोग गर्दै बसेका थिए । उनी दिनमा ७५ लाख रुपैया दुई ठाउमा काम गरेर कमाउथे । तर खर्च गर्ने नाममा एक सुका पनि गदैनथे । उनले लगाउने कपडा फाटेको हुन्थ्यो भने जुत्ता फाटेको ठाउँमा टेपले टालेर लगाउथे । तर उनीसगँ पैसाको केही कमी थिएन् । उनको दिनको ७५ लाख कमाई मात्र नभएर पैतृक सम्पतीहरु पनि धेरै थियो । जसको जीवनशैली संसारकै मानिसहरुको भन्दा निकै फरक थियो । त्यसैले उनलाई अमेरिकामा सबैले कन्जुस ब्यक्ति भनेर चिन्दथे । तर एलेनको मृत्यु भएपनि यस्तो डरलाग्दो रहस्य खुल्यो । जसकारण सबैको आँखा रसायो ।

रहस्य यस्तो छ ,,
उनले जिन्दगीभर कमाएको पैसा र घर त उनले मृत्यु अघिनै गरिब र घरबारविहीन , बेसाहारा , एकल बालबालिकालाई दान गरिसकेका रहेछन् । जहाँ उनले आफ्नो बस्दै आएको घर १ करोड १० लाख डलर (१ अर्ब २४ करोड नेपाली रुपैयाँ) बराबरको सम्पत्ति यस्ता बालबालिकालाई छोडेर गएका रहेछन् । भने उनले आफ्नो सम्पत्ति फरक फरक क्षेत्रसँग जोडिएका संस्थाहरुलाई दान गरेर गएका थिए । उनले अनाथालय, अस्पताल, वृद्धाश्रम जस्ता संस्थाहरुलाई सम्पत्ति दान गरेका रहेछन् । जुन कुरा ती संस्थाहरुलाई समेत मृत्युअघि थाहा छैन् रहेछ । । जहाँ उनले बालबालिकाको एक अस्पतालको लागि उनले २.५ मिलियन डलर दान दिएर गएका थिए । यो एलेनका दानमध्येको सबैभन्दा ठूलो रकम थियो । जसकारण अहिले उनको जताततै प्रशंसा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

92 − 91 =