वाइडबडी खरिदमा देउवा मुछिएपछि पूर्वमन्त्री जितेन्द्र देवले दिए कानुनी बाटो समाउने चेतावनी, यस्तो छ खरिदकाण्डको वास्तविकता

  • 87
  •  
  •  
  •  
  •  
    87
    Shares

काठमाडौं, २९ पुस । वाइडबडी खरिदकाण्डले यतिबेला सत्ता र प्रमुख प्रतिपक्ष हल न चलको अवस्थामा छन् । विभिन्न सञ्चारमाध्यममा आएका समाचारका आधारमा सार्वजनिक लेखा समितिले वाइडबडी खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै उपसमिति गठन गरेको थियो ।

सो उपसमितिले विमान खरिदमा चार अर्ब ३० करोड भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै दुई पूर्वमन्त्री र बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई नैतिक जिम्मेवार भएको ठहर गरेको थियो ।

विमान खरिदमा पूर्वमन्त्री जीवनबहादुर शाही, जितेन्द्रनारायण देव तथा मन्त्र अधिकारीले आफू सहभागी नभएको बताउँदै आएका छन् । शाही र देवले आफ्नो पालामा नभएको प्रस्टीकरण दिएपछि यो काण्डमा कांग्रेस सभापति शेरबहादुर देउवा मुछिएका छन् ।

तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट हटेको चार दिनपछि २०७४ जेठ २४ गते पहिलो भुक्तानी दिएको रहस्य खुलेको छ । देउवा प्रधानमन्त्री भएको चार दिनमै र त्यतिबेला पर्यटनमन्त्रीसमेत उनले नै सम्हालेकाले नैतिक जिम्मेवारी देउवाले पनि लिनुपर्ने आवाज उठेको छ ।

बहालवाला मन्त्री अधिकारीले त आफूले दोस्रो र तेस्रो किस्ता नदिएको भए नौ अर्ब गुम्ने भनेर प्रस्टीकरण नै दिएका छन् । जसले गर्दा यो काण्ड निकै पेचिलो बनेको छ । कांग्रेस र नेकपा दुवै सरकार यसमा मुछिएपछि काण्डलाई ‘सेफल्यान्डिङ’ गराउने गृहकार्य सुरु भइसकेको छ ।

उता, पूर्वमन्त्री जितेन्द्र देवले भने सार्वजनिक रूपमा आफ्नो चरित्र हत्या भएको बताएका छन् । आफ्नो संलग्नता नरहेको र त्यसबेला आफू मन्त्री पदमै नरहेकाले आफ्नो विषयमा लेखा समितिले प्रतिवेदनमा उल्लेख गरेको विषय हटाउन र क्षमा माग्न नेता देवले आग्रह गरेका छन् ।

यदि आफूलाई मुछिए कानुनी बाटो समाउन बाध्य हुने पूर्वमन्त्री देवले चेतावनी दिएका छन् ।

जहाज खरिदमा हिमालयन एयरलाइन्सका आङछिरिङ शेर्पा र सिम्रिक एयरका क्याप्टेन रामेश्वर थापाको स्वार्थ देखिएको बताइन्छ । नेपाल वायुसेवा निगममा साझेदारी भित्र्याउने पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बताइसकेका छन् ।

सोही कारण वाइडबडी खरिदमा ६० प्रतिशत नेपाल वायुसेवा निगम र बाँकी ४० प्रतिशत हिमालयन र सिम्रिक एयरले कमिसन पाउने भित्री सहमति भएको थियो । तर, वाइडबडी खरिद गर्ने बेला सिम्रिक एयरको नाम काटिएको र शेर्पाले मात्रै पाउने भएपछि यो विषयलाई बाहिर उछालिएको स्रोतले बताएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1