अत्याधिक मोबाइल चलाएको कारण आँखाको ज्योति गुमाएकी २१ वर्षिय युवतीलाई चिकित्सकको यस्तो सुझाव

  • 270
  •  
  •  
  •  
  •  
    270
    Shares

काठमाडौँ,२९ पुस । एजेन्सी,२९ पुस । चिनको डोङगुआनकी २१ वर्षिय युवतीले अत्याधिक मोवाइल चलाएको कारण दुवै आँखाको ज्योति गुमाएकी छन् । उनको आँखामा निकै जटिल मानिने रेटिनरी आर्टर अब्ट्रक्सन भएको आँखा विशेषज्ञ चिकित्सकले बताएका छन् ।

७ घण्टासम्म लगातार अफिसको काम गर्ने र घरमा गएर पनि स्मार्ट फोनामा प्रिय खेल किङ अफ ग्यालरी खेलिरहने भएकाले ती वु नाम गरेकी युवतीमा यस्तो समस्या आएको हो । उनलाई गेम खेल्दा खेल्दै एक्कासी आँखा दुखेपछि डाक्टर कहाँ जाँदा जाचपछि रेटिनल आर्टरी अब्सट्रक्सन भएको बताएका थिए ।

त्यस्तै उनल साथीहरुसँग घुम्न नगइ गेम खेलेर बसेको बताएकी थिइन् । आफ्नो दुवै आँखाको ज्याति गुमाएकी ती युवतीले आफुले जस्तो धेरै समय मोबाइल फोन नचलाउन सुझाव दिएकी छन् । चिकित्सकको अनुसार करिब ३० मिनेट १ घण्टा स्मार्ट फोन अथवा मोवाइल हेरेपछि अन्य ठाउँमा हेरेर आँखालाई आराम दिनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × = 56