‘सालको पातको टपरी’ यसरी गाए एक विदेशीले हेर्नुहोस् भडियोमा

  • 86
  •  
  •  
    86
    Shares

काठमाडौँ,७ माघ । नेपाली लोकदोहोरी गीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझीको स्वरमा सजिएको ‘सालको पातको टपरी’ बोलको गीतले अत्याधिक चर्चा कमाएको छ ।

करिब ४ महिना अगाडी युट्युबमार्फत सार्वजनिक भएको यो गीतले युट्युबमा २ करोड भन्दा बढी भिओर्स कमाइसेको छ । गीतले युट्युमा मात्र चर्चा कमाएको हैन् जुनसुकै विवाह, पार्टी उत्सवमा समेत यहि गीत बज्ने गरेको पाइएको छ । बुढापाका युवायुवती सबैले नाच्न मिल्ने भएको कारण पनि प्राय जुनसुकै मेला उत्सवमा घन्किने गरेको छ ।

नेपाली लोकगीत संगीतकै छहारीमा हुर्कीएकाले त यो गीत मन नपराउने कुरै भएन् । अक्सर विदेशी पर्यटकहरुले समेत यो गीत गुनगुनाउन थालेका छन् । यतिबेला एक विदेशीले गायको ‘सालको पातको टपरी’ गीत सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसैबीच एक विदेशीले उक्त गीत गाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा उनले उक्त चर्चित गीत गाउँदा शब्द बिर्सिन्छन् र बिचमै गाउन छाड्छन्। हेर्नुस् यो भिडियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − = 11