यसरी बनाउनुहोस् घरमै स्वादिष्ट आलु मटरको अचार (भिडियो सहित)

  • 200
  •  
  •  
    200
    Shares

कठमाडौँ,१2 माघ । अचार भन्ने बित्तिकै सबैको मुखै रसाउँछ । अचार बनाउने तरिका नजानदा आफुले सोचेजस्तो मिठो र स्वादिलो अचार खान सकिदैन् । त्यसैले आज हामी तपाईहरुलाई आलुको अचार बनाउने तरिका बारे बताउन गइरहेका छौँ ।


आवश्या सामाग्रीहरु :

१.आवश्यकता अनुसार आलु

२.हरियो धनियाँ

३.नुन

४.सुकेको खुर्सानी

५.जिरा

६. बेसार

७. प्याज

९.गेडा धनियाँ

१० केराउ

११ कागती

१२.तेल

बनाउने बिधी : आवश्यकता अनुसार आलु लिएर उसिन्ने । त्यसपछि उसिनेको आलुको बोक्रा निकालेर मसिने टुक्रा पारेर एउटा कचौरामा राख्ने । र जिरा, धनियाँ, सुकेको खर्सानीलाई पिसेर पेस्ट बनाउने ।

अब आगो बालेर प्यान तताउने त्यसमा तेल राखेर प्याज डराउने हल्का रातो भएपछि अघि काटेर राखेको आलुलाई हाल्ने । त्यसमा केराउ राख्ने आवश्यता अनुसार बेसार, नुन, कागतीको रस, जीरा खुर्सानी धनियाँ पिसेर बनाएको पेस्ट राखेर राम्रो सँग मोल्ने । त्यसपछि हरियो धनियाँ काटेर त्यसमा राख्ने अब आलुको अचार तयार भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 1 =