को हुन् यी नेपाली नव नायिका ? जो चलचित्र ‘रणवीर’ बाट डेब्यु गर्दै छिन्

  • 268
  •  
  •  
  •  
  •  
    268
    Shares

काठमाडौँ,१६ माघ । यहि माघ १८ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘रणवीर’ बाट नव नायिका सुवेक्षा खड्काले डेब्यु गरेकी छन् । सुवेक्षा सन् २०१२ की मिस इन्टरनेशनल नेपाल हुन् ।

मिस इन्टरनेशनल नेपाल भएपछि स्टेज कार्यक्रमहरुमा व्यस्त रहेकी सुवेक्षालाई अब चलचित्रको पर्दामा समेत देखिने भएको छ । नेपाली चलचित्र क्षेत्रमा मिस नेपालसँग जोडिएका थुप्रै प्रतिस्पर्धीले पाइला राखिसेका छन् ।

सोही पाटोलाई अंगालेकी सुवेक्षाले पनि चलचित्र ‘रणवीर’ मार्फत चलचित्र उद्योगमा नायिकाको रुपमा आफुलाई प्रस्तुत गरेकी छन् । प्रेम कथा र एक्सनमा आधारित रहेर निर्माण गरिएको यो चलचित्रमा सेवेक्षासँगै सुशील सिटौला, सुपुष्पा भट्ट, प्रशान्त ताम्राकार, टिका पहाडी, नरेश पौडेल, हरिहर शर्मा लगायतका कलाकारहरु रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 6 =