धना परियारको पिडा, ३ वर्षकी हुँदा गाईगोठमा आमासँगै जलेर बाँचिन्, बुवाले कहिल्यै छोरी भनेनन् !

  • 88
  •  
  •  
  •  
  •  
    88
    Shares

माधव पाण्डे ,काठमाडौँ

दैलेखकि धना परियार ३ वर्षकी हुँदा छाउपडी गोठमा आमा र सानो भाईसंगै जलिन । आमा र भाईलाई सामान्य चोट लागेपनि धनाले धेरै सारीरिक पिडा भोग्नु पर्यो । आगोमा परी उनले एउटा आखाको ज्योति गुमाउन पुगिन भने एउटा हात काम नलाग्ने भयो । सरिरका अन्य प्राय भाग पनि जले । उक्त घटनापछि उनलाई बुवाले कहिल्यै माया गरेनन् । ‘अहिलेसम्म मलाई बुवाले छोरी भनेको सुनेकी छैन’ उनि भन्छिन् । उनलाई सानैदेखि स्कुलका साथीले पनि नराम्रो व्यवहार गर्दथे ।

‘स्कुल जान मन लाग्थ्यो तर स्कुल जाने दुवै बाटोमा साथीहरुले कुर्थे अनि भेट्नासाथ कुट्थे । त्यसैले पढाई पनि पुरा गर्न पाइनन् धना । घरको आर्थिक अवस्था कम्जोर हुँदा अझैपनि पुरा उपचार हुन नसकेको उनि बताउछिन् । धेरै बोल्दा चक्कर लाग्छ । टाउको पनि दुख्छ । उक्त दुर्घटनामा उनको टाउकोमा पनि गहिरो असर परेको थियो । नक्कली कपाल लगाएर हिड्ने धनाको कहानी सुन्दा जो कोहि पनि भावुक हुन्छन् । यती हुँदा हुँदै पनि उनि प्रतिभालाई अघि बढाउने हिम्मतका साथ राजधानी आएकी छन् । सुरिलो आवाजकि धनि धनाले केहि गीत समेत रेकर्ड गराएकी छन् । उनि आफुलाई बिष्णु माझीको ठुलो फ्यान बताउदै आएकी छन् ।
धनालाई सहयोगका लागी ९८१३९७८९१७ मा सम्पर्क गर्न सकिनेछ ।

हेर्नुहोस उनिसंगको कुराकानी :


Leave a Reply

Your email address will not be published. Required fields are marked *

55 − 51 =