‘तुलसी’ चलचित्रको ‘आजको रमाइलो मेला…’ गीतमा शिव श्रेष्ठ, भुवन केसी र राजेश हमालको यस्तो केमेस्ट्री (भिडियो)

  • 3.3K
  •  
  •  
    3.3K
    Shares

काठमाडौं, १७ माघ । हुन त ‘तुलसी’ चलचित्र निर्माण भएको झन्डै एक दशक भइसकेको छ । यो चलचित्र सुटिङ हुँदा निर्देशक शंकर घिमिरे र नायिका ऋचा घिमिरे नेपालमै थिए । अहिले उनीहरू अमेरिकामा बस्छन् । छोराछोरी नै चारवटा भइसकेका छन् ।

तर, घिमिरे दम्पतीले बिहीबार ‘तुलसी’ चलचित्रको गीत ‘आजको रमाइलो मेला…’ बोलको गीत युट्युबमा हालेका छन् । जसमा नेपालका सदाबहार कलाकारहरूले नृत्य गरेका छन्् । गीतमा शिव श्रेष्ठ, भुवन केसी, राजेश हमाल, तृप्ति नाडकर, करिश्मा मानन्धर, मौसमी मल्लले नृत्य गरेका छन् ।

गीतको कोरियोग्राफी गोविन्द राईको रहेको छ । गीतमा पुराना कलाकारलाई निर्देशन शिव रेग्मीले गरेको देख्न सकिन्छ । चलचित्रमा विमलेश अधिकारी र ऋचा घिमिरेको प्रमुख भूमिका छ ।

‘आजको रमाइलो मेला…’ बोलको गीतमा कुमार कान्छा र साधना सरगमले स्वर दिएका छन् । संगीत रनजित गजमेरको रहेको छ । रनजित गजमेरले संगीत दिएका चलचित्रका गीतका धुन यसमा समावेश गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × = 2