काठमाडौंको चक्रपथमा ४० सिटे सुविधा सम्पन्न विद्युतीय बस गुड्ने, मोबाइलबाटै भाडा तिर्न सकिने

  • 2.7K
  •  
  •  
    2.7K
    Shares

काठमाडौं, १७ माघ । काठमाडौं उपत्यकामा अब विद्युतीय बस सञ्चालन हुने भएको छ । केही समयअघि प्रधानमन्त्री केपी ओलीले साझा यातायातले ल्याएको विद्युतीय बसको उदघाटन गरेका थिए ।

तर, साझा यातायातले विद्युतीय बस ल्याएको भए पनि गुणस्तरमा समस्या देखिएपछि फिर्ता पठाइएको छ । सरकारले विद्युतीय सवारी साधनमा भन्सार छुट दिएको छ ।

यही अवस्थामा अब काठमाडौंको चक्रपथमा ४० सिट क्षमताका आधुनिक विद्युतीय बस गुड्ने भएका छन् । बसमा थप ४० जनाका लागि उभिन पुग्ने ठाउँ रहनेछ ।

सुन्दर यातायात प्रालिले चक्रपथमा सुविधा सम्पन्न विद्युतीय बस गुडाउन लागेको हो । चीनको बिएके कम्पनीले निर्माण गरेको विद्युतीय बस एकपटक चार्ज गर्दा २६८ किलोमिटर गुड्ने बताइएको छ ।

सुन्दर यातायातका अध्यक्ष भेष थापाले कम्पनीले तीनवटा बस नेपाल ल्याइसकेको जानकारी दिए । कम्पनीले थप १० वटा बस ल्याउने प्रक्रिया अघि बढाइसकेको छ । उनका अनु्सार चार्जिङ स्टेसन पनि झिकाइसकेको छ ।

एउटा बसको मूल्य एक करोड ८७ लाख पर्छ । यी बसहरुमा मोबाइलबाटै भाडा तिर्न सकिन्छ । त्यसका लागि कम्पनीले ‘सुन्दर यातायात भेइकल रिचार्ज’ नामको एप्स निर्माण गरिरहेको छ । १३ जना युवा उद्यमी मिलेर काठमाडौंपछि पोखारा, बुटवल र चितवनको सहरी क्षेत्रमा विद्युतीय बस सञ्चालन गर्ने योजना उनीहरुले बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + = 12