बसन्त थापा र रवि ओडको गोप्य फेसबुक च्याट लिक, यसरी माफी मागे रविले

  • 5.1K
  •  
  •  
  •  
  •  
    5.1K
    Shares

काठमाडौँ, लोकप्रिय गीत सालको पात बिगारेर गाएपछि अहिले नेपाल आइडल रवि ओड बिबादमा तानिएका छन् । सर्जकसंग अनुमति नलिई गाएको र त्यसैमाथी गीतको शब्दमा बार बार बिगारेको भन्दै उनको आलोचना गरिएको हो । अस्ट्रेलियाको एक कार्यक्रममा उनले यो गीत गाएका थिए ।

जसरी उनको आलोचना भैरहेको छ उनका फ्यानले भने सालको पातका सर्जक बसन्त थापालाई विभिन्न आरोप लगाईरहेका छन् । कतिले उनको यो घमण्डीपन समेत भनेका छन् । तर सर्जक थापा भने आफुले रविलाई नराम्रो नभनी सम्झाएको बताएका छन् । रवि हामी सबैको आईडल बनिसकेको गायकले सधै सबैले हेपेका चेपेका लोक गित होस् या आधुनिक सृजक लाई सम्झिदिए अथवा नसम्झेपनि गित गाउँदा अभ्यास गरेर गाएँ हुन्थ्यो भन्ने शुभेक्क्षा भएको कुरा उनले आफ्नो फेसबुक मार्फत प्रस्टाएका छन् । रविसंगको फेसबुक च्याट शेयर गर्दै उनले मिडियालाई समेत भ्रामक समाचार सम्प्रेषण नगर्न अनुरोध गरेका छन् ।

उनि लेख्छन्,’ हामी ( प्रलाद सुवेदी र बसन्त थापा) ले रवि ओड लाई बिरोध गरेको,हेपेको,चेतावनि दिएको भन्ने जुन भ्रामक शिर्षक सहितका समाचार प्रति हाम्रो घोर आपत्ति छ हामि रवि जस्ता नव प्रतिभालाई सँधै माया गरेर सिकाएर वा सपोर्ट गरेर सफल भएका धेरै नव प्रतिभा हरू हजुर सामु लोकप्रिय हुनुहुन्छ रविलाई हाम्रो अनुरोध यो हो कि कम्तिमा हामी सबैको आईडल बनिसकेको गायकले सधै सबैले हेपेका चेपेका लोक गित होस् या आधुनिक सृजक लाई सम्झिदिए अथवा नसम्झेपनि गित गाउँदा अभ्यास गरेर गाएँ हुन्थ्यो भन्ने शुभेक्क्षा हो म पनि रविको शुभचिन्तकै हुँ रवि हामि सबै नेपालीको आईडल हुन उनले उपाधिको गरीमा राख्नु पर्छ यसकारण भनेको हुँ भन्ने भए सरस्वति लामा ज्यु लाई भन्थे नि ? कृपया गलत नबुझि दिनु हुन अनुरोध गर्दछु ।तपाईहरूले गालि गरेर मेरो सहनशिलता बढाई दिनु भएकोमा गालि गर्नुहुने सम्पुर्ण लाई धन्यबाद दिन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 27 = 31