आजदेखि देशभरका होटल र रेस्टुरेन्ट बन्द

  • 236
  •  
  •  
  •  
  •  
    236
    Shares

काठमाडौं, २२ माघ । रेस्टुरेन्ट तथा बारहरुले लिइरहेको १० प्रतिशत सेवा शुल्क हटाएको विरोधमा मजदुरहरुले हडतालको घोषणा गरेका छन् ।

नेपाल पर्यटन तथा होटल सम्वद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन र अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् । माघ २२ गतेदेखि देशव्यापी रुपमा रेस्टुरेन्टहरुमा हडताल गरिने विज्ञप्तिमा उल्लेख छ ।

रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेवान) को गत सोमबारको बैठकले १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय गरेको थियो ।

मजदुर संगठनले प्रतिष्ठान स्तरमा सबै खालका विरोधका कार्यक्रम सञ्चालन गर्ने, रेबानलाई सार्वजनिक रुपमा बहिस्कार गर्ने, रेस्टुरेन्ट सञ्चालनमा रोक लगाउने कार्यक्रम श्रमिक संगठनहरुले सार्वजनिक गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 8 = 1