यी हुुन् बलिउडकी अभागी अभिनेत्री, जसको पहिलो विवाह असफल दोस्रो विवाह तय हुने साथ बेहुलाको निधन

  • 229
  •  
  •  
    229
    Shares

एजेन्सी । बलिउड अभिनेत्री दीप्ती नवलले आइतबार ६७औँ जन्मदिन मनाएकी छन् । फिल्म ‘जलिया वाला बाग’ बाट बलिउडमा आफ्नो करियर सुरु गरेकी दिप्तीले फिल्म क्षेत्रमा राम्रो पहिचान बनाएकी छन् ।

बलिउडमा तीन दशक समय बिताएकी दिप्ती ‘एक बार फिर’, ‘अनकही’, ‘बवण्डर’, ‘लीला’, ‘फिराक’ जस्ता दर्जनौँ फिल्महरु दिएकी छन् । जुन फिल्म उनको जीवनमा कोसे ढुङ्गा साबित भयो । उनलाई प्राय धेरै फिल्मका निर्माताले आफ्नो फिल्ममा लिन चाहन्थे । व्यवसायिक जीवन उचाइमा पुगेको भएपनि उनको व्यक्तिगत जीवन भने खासै राम्रो थिएन् ।

दीप्तीले सन् १९८५ मा फिल्म निर्माता प्रकाश झासँग विवाह गरिन् तर १७ वर्षपछि सम्बन्ध विच्छेद भयो । उनहरुले धर्मपुत्रीको रुपमा पालेकी छोरी दिशा गायनमा निकै रुचि राख्छिन् । उनले आफ्नो पीताको फिल्म राजनितिमा कस्ट्यूम डिजाइनरको रुपमा काम गरेसकेकी छन् । प्रकाश र दीप्ती बिच सम्बन्ध विच्छेद भएपनि उनीहरुको सम्बन्ध भने अझै पनि सुमधुर रहेको छ ।

यद्यपी प्रकाशसँगको सम्बन्ध विच्छेदपछि नवजीवन सुरु गर्ने सोचमा खुसी रहेकी दीप्तीले चर्चित शास्त्रीय गायक पण्डित जसरानका छोरा विनोद पण्डितसँग विवाह गर्ने सोच तया गरिन् । यी दुईत्रिच विवाह गर्ने कुरा टुङ्गो लागेपछि टिकाटालो पनि भयो । दुर्भाग्य विवाहको मिती तया भएपछि विनोद पण्डितको निधन भयो ।

दुई पटकको प्रेम सम्बन्ध असफल भएपछि दुखी भएकी दिप्तीले आफुलाई सम्हालेर विवाह गरिनन् । फिल्ममा करियर सुरु गर्नु अगाडी अभिनेता फारुख शेखसँग नाम जोडिएको भने उनीहरु दुवैले एउटा फिल्ममा सँगै काम पनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 24