गीताको यी १८ अध्याय पढ्नुस् ,जसले दिन्छ जीवनमा नसोचेको सफलता

  • 1.7K
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

काठमाडौ । श्रीमदभागवत गीता हिन्दू धर्मका पवित्रतम ग्रन्थहरूमा एक हो । यो ऐतिहासिक हिन्दूग्रन्थ महाभारतको भीष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो । यसमा १८ अध्याय छन् । यसलाई मोक्षशास्त्र पनि भनिन्छ ।

श्रीमदभागवत गीता अनुमानित आज भन्दा लगभग ५००० हजार बर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका थिए । यो संजय र धृतराष्ट्रको संवादमा प्रश्नोत्तर प्रकारले लेखिएको छ यसमा ७०० सौ पद्यात्मक संस्कृतश्लोक छन् । यसमा अनुष्टुप छन्दको अधिक प्रयोग भएको छ । स्तुति आदि पद्यमा अन्य छन्दको पनि प्रयोग गरिएको छ यसको प्रथम अध्यायमा अर्जुनले खेद व्यक्त गरेको हुनाले अर्जुन विषादयोग अध्याय भनिएको छ । यस्तै प्रकारले अर्जुन र कृष्णको संवाद अनुसार अन्य अध्यायको पनि नाम राखिएको छ यसमा एकेश्वरवाद, कर्म योग, ज्ञानयोग, भक्ति योगको अध्याय क्रम अनुसार सुन्दर ढंगले चर्चा भएको छ । यसमा अनित्य देह भन्दा नित्य आत्माको निरूपण गरिएको छ ।

यसको रचना महर्षि वेद व्यासले गरेका थिए । यसमा १८ अध्याय छ, जसले हाम्रो जीवनसँग जोडिएको हरेक प्रश्नको जवाफ दिन्छ ।

पहिलो अध्याय
यसमा ४६ श्लोकद्वारा अर्जुनको मनस्थितीको वर्णन गरिएको छ । यसमा अध्यायमा कसरी अर्जुन आफन्तसँग युद्ध गर्न डराउँछन् र उनलाई भगवान कृष्णले कसरी सम्झाउँछ भनेर भनिएको छ । त्यसैले गीताको पहिलो अध्यायलाई अर्जुन विषाद योग भनिन्छ ।

दोस्रो अध्याय
यस अध्यायमा श्रीकृष्णले अर्जुनलाई कर्मयोग, ज्ञानयोग, संख्यायोग, बृद्धि योग र आत्मको ज्ञान दिन्छ । यो अध्याय वास्तवमा पुरा गीताको सारांश हो । यसलाई एकदमै महत्वपूर्ण भाग मानिन्छ । यो अध्याय ‘स‌ख्या योग’मा कुल ७२ श्लोक रहेको छ ।

तेस्रो अध्याय
गीताको तेस्रो अध्यायमा श्रीकृष्णले अर्जुनलाई सम्झाउँछ , हामीले आफ्नो कर्म गर्नुपर्छ तर परिणामको चिन्ता गर्नुहुदैन् । यस अध्याय कर्मयोग हो, यसमा ४३ श्लोक रहेको छ ।

चौंथो अध्याय

गीताको चौथो अध्याय भनेको ज्ञान कर्म सन्यास योग हो,। यसमा श्रीकृष्णले अर्जुनलाई धर्मपरायणको संरक्षण र अधर्मीको विनाशका लागि गुरुको अत्याधिक महत्व रहेको बताइएको छ । जसमा ४२ श्लोक रहेको छ ।

पाँचौ अध्याय
यस अध्यायमा अर्जुनले श्रीकृष्णसँग सोध्छ , कर्मयोग र ज्ञानयोग दुईमध्ये कुन चाहि तिम्रो लागि उत्तम छ । कृष्णजीले जवाफ दिन्छन् ,दुबैको लक्ष्य एकै हो । तर, कर्म योग अभिनयका लागि उत्कृष्ट हुन्छ । त्यसैले यो अध्याय पनि कर्म सन्यास कै योग हो । जसमा २९ श्लोक रहेको छ ।

छैठौं अध्याय
गीताको छैठौं अध्यायमा आत्मसंयम बारेमा रहेको छ । यसमा श्रीकृष्णले अर्जुनलाई अष्टांग योगको बारेमा बताएको छ । कुन प्रकार मनको द्विविधा हटाएर महारथ प्राप्त गर्न सकिन्छ भनेर बताएका छन् । जसमा ४७ श्लोक रहेको छ

सातौं अध्याय
यस अध्यायमा श्रीकृष्ण निरपेक्ष वास्तविकता र त्यसको भ्रामक उर्जा ‘माया’को बारेमा अर्जुनलाई बताइएको छ । जुन ज्ञानविज्ञान योगमा ३० श्लोक रहेको छ ।

आठौं अध्याय
गीताको आठौं अध्याय अक्षरब्रम्हायोग हो । यस अध्यायमा गीताको पाठमा स्वर्ग र नर्कको सिद्धान्त सामेल छ । यसमा मृत्युअघि व्यक्तिको सोच, अध्यात्मिक संसार तथा नर्क र स्वर्ग जाने राय बताइएको छ । जसमा २८ श्लोक रहेको छ ।

नवौं अध्याय
गीताको नवौं अध्याय राजविद्याराजगृह्य योग हो । जसमा ३४ श्लोक रहेको छ । यस अध्यायमा श्रीकृष्णले आन्तरिक उर्जाले सृष्टिलाई व्याप्त बनाउँछ, त्यसको सिर्जना गर्छ र पुरा ब्रम्हान्ड नष्ट गर्छ भन्ने वताइएको छ ।

दशौं अध्याय
गीताको दशौं अध्याय विभूति योग हो । यस अध्यायमा श्रीकृष्णले अर्जुनलाई भनेका छन् , कसरी सबै तत्व र आध्यात्मिक अस्थित्वको अन्त्यको कारण बन्छ । जुन अध्यायमा ४२ श्लोक रहेको छ ।

एघारौं अध्याय
गीताको एघारौं अध्याय विश्वरुपदर्शन योग हो । जसमा ५५ श्लोक रहेको छ । यस अध्यायमा अर्जुनको निवेदनमा कृष्णले आफ्नो विश्वरुप धारण गर्छ ।

बाह्रौं अध्याय
गीताको बाह्रौ अध्याय भनेको भक्ति योग हो । यस अध्यायमा कृष्ण भगवान भक्ति मार्गको महिमा बताउँछन् । यसका साथै उनले भक्ति योगको वर्णन गरेर अर्जुनलाई सुनाउँछ । जसमा २० श्लोक रहेको छ ।

तेह्रौं अध्याय
गीताको तेह्रौ अध्याय क्षेत्रक्षेत्रज्ञविभाग योग हो । यस अध्यायमा श्रीकृष्ण अर्जुनलाई क्षेत्र र क्षेत्रज्ञको ज्ञानको बारेमा तथा सत्व, रज र तम गुणद्वारा राम्रो योनीमा जन्म लिने उपाय सिकाउँछ । यस अध्यायमा ३५ श्लोक रहेको छ ।

चौधौ अध्याय
गीताको चौध अध्याय गुणत्रयविभाग योग हो । यसमा २७ श्लोक रहेको छ । यसमा श्रीकृष्ण सत्व, रज र तम गुण तथा मनुष्यको उत्तम, मध्यम र अन्य गतिको विस्तारपूर्वक वर्णन गर्छन् । र अन्त्यमा यी गुण पाउने उपाय र यसको फल पनि बताइएको छ ।

पन्ध्रौं अध्याय
गीताको पन्ध्रौं अध्यायमा दैवी प्रकृतिवाला ज्ञानी पुरुष सर्व प्रकारबाट मेरो भजन गर्छ तथा आसुरी प्रकृतिवाला अज्ञानी पुरुष मेरो उपहास गर्छ भनेर श्रीकृष्णले बताएका छन् । त्यसैले यो पुरुषोत्तम योग हो । यस अध्यायमा २० श्लोक रहेको छ ।

सोह्रौ अध्याय
गीताको सोह्रौ अध्यायमा श्रीकृष्ण स्वभाविक रीतिले दैवी प्रकृतिवाला ज्ञानी पुरुष तथा आसुरी प्रकृतिवाला अज्ञानी पुरुषको लक्षणको बारेमा बताउँछ । त्यसैले यो दैवासरसंपद्विभाग योग हो । जुन अध्यायमा २४ श्लोक रहेको छ ।

सत्रौं अध्याय
गीताको सत्रौ अध्यायमा शास्त्र विधीको ज्ञान नभएको कारणले शास्त्र विधी छाड्नुमा यज्ञ, पूजा आदि शुभ कार्य त श्रद्धापूर्वक गर्नुपर्दछ त्यसको स्थिती के हुन्छ भनेर श्रीकृष्णले अर्जुनलाई भनेका छन् । त्यसैले यो श्रद्धात्रयविभाग योग हो । जुन अध्यायमा २८ श्लोक रहेको छ ।

अठारौं अध्याय
अठारौँ अध्याय भनेको माथिका सबै अध्यायको सारांश हो । यसमा अर्जुनले श्रीकृष्णसँग न्यास अर्थात ज्ञानयोग र त्याग अर्थात फलासक्तिरहित कर्मयोगको तत्व जान्ने इच्छा प्रकट गर्छ । त्यसैले यो गीताको मोक्ष सन्यास योग हो । यस अध्यायमा ७८ श्लोक रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =