बलिउड डेब्यु पूर्व ड्राइभर थिए अमिताभ पुत्र अभिषेक, कोहि चाहदैन थिए चलचित्रमा ल्याउन !

  • 179
  •  
  •  
  •  
  •  
    179
    Shares

अभिषेक बच्चन यतिबेला ४३ वर्ष भएका छन् । मुम्बईमा ५ फ्रबअरी १९७६मा जन्मेका उनले फिल्म ‘रिफ्यूजी’ बाट बलिउडमा डेब्यू गरेका हुन् । अभिषेकलाई बलिउडमा स्थापित गराउने काम धुमले गरेको थियो । धुम भन्दा पहिले उनको १५ भन्दा बढि फिल्म असफल भयो । सन् २००४ मा रिलीज भएको फिल्म धूमबाट उनले सफलताको साथमा चर्चा पनि कमाउन सफल भए ।

सबैभन्दा पहिले प्रकाश मेहतासगँ फिल्म गर्ने योजना बनाई सम्झौता गरेको उनको फिल्म निमार्ण भने हुन सकेन । एउटा कार्यक्रममा निर्देशक जेपी दत्तको नजर अभिषेकमाथि परेपछि दत्तले अभिषेकलाई आफ्नो फिल्ममा कास्ट गरेका हुन् तर ‘मुगल’को कारण फिल्ममा ढिलाई भएको थियो, त्यसपछि अभिषेकलाई दत्तले रिफ्यूजीमार्फत कास्ट गरे । उक्त फिल्म बाटनै उनको अभिनय यात्रा सुरुवात भएको हो । यसरी अभिनय यात्रा सुरु गरेका उनले करिब ४ वर्षसम्म कुनै हिट फिल्म दिनसकेनन् ।

अमिताभ बचनको छोरा अभिषेकलाई निर्देशकसगँ भेट्न कुनै समस्या थिएन् । अभिषेक भन्दछन्, अभिताभ बच्चनको छोरा भएको कारण फिल्ममा नल्याउनको लागी बाहना बनाइन्थ्यो र लिइदैन् थियो । यहि कुरालाई उनले स्वीकार गरी इन्प्रेशन मानेर अगाडी बढेको उनी बताउँछन् । अहिले उनले करिब ५० भन्दा बढि चलचित्रमा काम गरिसकेका छन् । एक पब्लिक रिभ्यु हलमा पुगेका बेला एक युवती अमिताभ बच्चनको नाम खबार गर्न लागेको भन्दै अभिनय छाड्ने उनलाई सुझाव पनि दिएकी थिइन् ।

अभिषेक चलचित्रमा आउनु अगाडी बुबाको कम्पनीमा एबीसीएलमा सवारी चालकको रुपमा काम गर्दर्थे । उक्त जानकारी उनी स्वंयमले दिएका हुन् । एमबीए पढ्नलाई बाबुले विदेश पठाएका पनि उनी पढाई विचमै छाडेर बुबाको कम्पनीमा प्रोडक्शन असिस्टेन्टको काम गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 ÷ = 6