‘सरौतो’को छायांकन सुरु, सुमीको एक्सनमा सन्नी सिंहको रोमान्स

  • 10
  •  
  •  
    10
    Shares

काठमाडौँ, चलचित्र ‘सरौतो’ बन्ने भएको छ । सुमी मोक्तानको एक्सन अवतारमा ‘डायरी’ एक्टर सन्नी सिंहको रोमान्स फिल्ममा देखिने छ । हरी हुमागाईंको निर्देशनमा बन्न लागेको फिल्म निर्माणको आइतबार एक कार्यक्रमका बीच घोषणा गरिएको हो । आज यानी माघ २२ गतेबाट फिल्मको छायांकन सुरु भएको छ ।

फिल्म ‘सरौतो’मा विजय लामा, युवराज लामा, अमिर गौतम, अरुणा कार्कीलगायतका कलाकारहरुको अभिनय रहनेछ भने फिल्ममा उत्तम हुमागाईंको छायांकन रहने छ । राघव कृष्ण गौतमको कथामा बन्न लागेको फिल्ममा राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्री र कोशिश क्षेत्रीको संगीत रहने छ भने फिल्मलाई श्री महर्जनले निर्माण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

83 + = 84