बलिउडकी यी १४ भाग्यमानी नायिकाहरु , जसले गरे ३ वटै सुपरस्टार खानसँग काम (तस्विरसहित)

  • 899
  •  
  •  
    899
    Shares

काठमाडौ । बलिउडमा सुपरस्टार सलमान खान , शाहरुख खान र आमिर खानसँग काम गर्न पाउनु नायिकाहरुले आफुलाई निकै भाग्यमानी ठान्दछन् । किनभने उनीहरुको नाम भएको कुनै पनि फिल्मले फ्लप खादैन् । जसकारण यी खानसँग काम गर्ने नायिका र अन्य कलाकारहरु पनि डेब्यू फिल्मबाटै चर्चित हुन्छन् । तर बलिउडमा यस्ता नायिकाहरु पनि छन् । जसले बलिउडका ३ वटा खानसँग काम गरेर आज सम्म पनि चर्चित छन् । हेर्नुस् को को हुन् ?

उर्मिला मातोंडकर
बलिउड अभिनेत्री उर्मिला मातोंडकरले सलमान खान, शाहरुख र अमिर खान ३ वटै नायकहरुसँग काम गरिसकेकी छिन् । उनको जन्म ४ फ्रेब्रुअरी १९७४ मुम्बईमा भएको थियो । उर्मिलाले १९८० मा रिलीज भएको फिल्म ‘कलयुग’ बाट बाल कलाकारको रुपमा बलिउडमा प्रवेश गरेकी थिइन् । अहिले उनी ४५ वर्षकी भइन् । उनले सबैभन्दा पहिले शाहरुख खानसँग फिल्म ‘चमत्कार’ त्यसपछि अमिर खानसँग सुपरहिट फिल्म ‘रंगीला’ मा काम गरेकी थिइन् ।

माधुरी दीक्षित
बलिउडकी चर्चित नायिका माधुरी दीक्षितले पनि ३ वटै सुपरस्टार खानसँग काम गरिसकेकी छिन् । उनले सलमान खानसँग हम आपके हौं कौन, दिल तेरा आशिक, शाहरुख खानसँग कोयला, हम तुम्हारे है सनम, अमिर खानसँग दिल, दीवाना मुझसा नही लगायतका थुप्रै फिल्महरुमा काम गरिसकेकी छिन् ।

रवीना टण्डन
अभिनेत्री रवीना टण्डनले पनि तीनवटै खानसँग काम गरेकी छन् । उनले अमिर खानसँग अन्दान अपना अपना परम्पार, सलमान खानसँग पत्थर के फूल र शाहरुख खान सँग जमाना दिवाना, ये लम्हे जुदाई के लगायतका थुप्रै फिल्ममा काम गरिसकेकी छिन् ।



सोनाली बेद्रे
बलिउडकी चर्चित नायिका सोनाली बेद्रेले पनि आफ्नो करियरमा ३ खानसँग काम गरिसकेकी छिन् ।

करिना कपुर
करिना कपुर पनि बलिउडका ३ वटै खानहरुसँग फिल्म खेल्ने अभिनेत्रीमा पछिन् । उनले अभिनयको यात्रा फिल्म रिप्युजीबाट सुरुवात गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 3 =