चलचित्र रणवीरको नयाँ गीत ‘धुकु रानचडि’ सार्वजनिक (भिडियो सहित)

  • 17
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौँ, हाल प्रदर्शनरत चलचित्र रणवीरको नयाँ गीत सार्वजनिक भएको छ । धुकु रानचरी बोलको गीत सार्वजनिक भएको हो । प्रताप दास, चक्र बम, र सतिसको आवाजमा रहेको देउडा गीतमा अमित श्रेष्ठको संगीत छ भने अमित श्रेष्ठ र हर्क साउदको शब्द छ । नरेन्द्र राज रेग्मीको पुरानो गीत धुकु रानी चरीको रिमेक भर्जन गीत सार्वजनिक भएको हो । गीतमा फिल्मका लिड कलाकार शुशिल शिटौला र सुपुश्पा फ़िचर्ड छन् । चलचित्रले अहिले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ ।

फिल्ममा सुशील सिटौला , प्रशान्त ताम्राकार , सुवेक्षा खड्का , सुपुष्पा भट्ट , टिका पहाडी , नरेश पौडेल , रवी गिरी , भोलाराज सापकोटा, हरिहर शर्मा , जीवन भट्टराई , भोलाराज सापकोटा , शैलेश्वरी सिंह , जगदीश रिजाल , बसन्ती भट्ट लगायतको अभिनय रहेको छ ।

फिल्मलाई प्राची फिल्म्स र डिआर फिल्मको ब्यानरमा गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा माया , मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ । यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने , गम्भीर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1