चलचित्र ‘पुरानो बुलेट’का तिन पोस्टर सार्वजनिक

  • 8
  •  
  •  
    8
    Shares

काठमाडौँ, चलचित्र ‘पुरानो बुलेट’का तिन पोस्टर सार्वजनिक भएका छन् । अभिनेता अनुप बिक्रम शाहीको साथमा दुई हिरोइन बर्षा सिवाकोटी र माला लिम्बुका विभिन्न अवतार पोस्टरमा देख्न सकिन्छ । बर्षा सिवाकोटीको गाउँले रुप र माला लिम्बुको बोल्ड अवतारले पोस्टरबाट उनीहरुको क्यारेक्टर अनुमान लगाउन सकिन्छ ।

भिषण राईको डेब्यू निर्देशनमा तयार भएको फिल्म ‘पुरानो बुलेट’मा ह्यान्डसम भिलेनको त्याग पाएका अनुप बिक्रम भने हिरोकै रुपमा देखिने छन् । चैत्र १ देखि प्रदर्शनमा आउने चलचित्रको छिट्टै ट्रेलर सार्वजनिक गरिने बताईएको छ । फिल्मको फेब्रुअरी २३ मा हंगकंगमा वर्ल्ड प्रिमियर हुनेछ ।

सन्तोष राई कार्यकारी निर्माता रहेका फिल्म ‘पुरानो बुलेट’का निर्मातामा अशोककुमार राई (अशोक साम्पाङ), दिपेन्द्र लिम्बु, विरेन साम्बा र टिकाराम राई रहेका छन् । उत्तमजङ्ग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत रहेको फिल्मको छायांकन हरि घलेले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =