भोलि देशको अधिकांश स्थानमा भीषण वर्षा हुने, हिमपहिरोको जान सक्ने भन्दै सतर्क रहन आग्रह

  • 2.6K
  •  
  •  
    2.6K
    Shares

काठमाडौं, २३ माघ । पश्चिमी वायु सक्रिय भएकाले केही दिन नेपालभर मौसममा पूर्ण बदली आउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको बाढी विभागअनुसार बुधबार पश्चिम क्षेत्रमा सामान्य हिमपात र वर्षा हुने भएको छ ।

भोलि (बिहीबार) भने भीषण वर्षा हुने विभागले जनाएको छ । उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठूलो वर्षा हुन सक्ने देखिएकाले हिमपहिरो जान सक्ने क्षेत्र र पहिरो जान सक्ने क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ । विभागले पहाडी क्षेत्रका स–साना खोलाहरुमा आकस्मिक बहाव प्रवाह हुन सक्ने अनुमान गरेको छ ।

केही दिनदेखि नेपालको मौसम पूर्ण रूपमा सफा हुन सकेको छैन । घाम मधुरो लागे पनि तापक्रम घट्दै गएको छ । देशका पश्चिम पहाडी भेगमा भारी हिमपात भइरहेको छ । यसपटक धेरै जिल्लामा परेको हिउँ अहिलेसम्म पग्लिन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

56 − = 49