इतिहास साक्षी छ, अघिल्लो पटक आफैले बोलेको कुरा होइन भन्ने आँचलको बिहे कोसँग हुन्छ होला ?

  • 560
  •  
  •  
  •  
  •  
    560
    Shares
काठमाडौं । पल शाह र आँचललाई संसारले जोडीका रुपमा चिन्छ । अझ आँचल र पत्रकारको विवादमा पल आँचलको बचाउमा उत्रिएपछि दुवैको मायालाई धेरैले आदर्शनै मानेका छन् । तर यही बीचमा आँचलको एउटा भनाई बाहिर आएको छ, जहाँ उनले पलसँग आफ्नो विवाहको एक प्रतिशत पनि सम्भावना नभएको बताएकी छन् । ‘हाम्रो साथीबाहेक अन्य कुनै रिलेशननै छैन । हाम्रो विहे हुन्छ भन्ने कुरा एक प्रतिशत पनि ढुक्क छैन ।’ 
आँचलको यो कुरा नियालेर हेर्ने हो भने दुई वटा कुरा देखिन्छ । पहिलो, उनीहरुको ब्रेकअप भइसकेको छ । पलले अरुको ध्यान मोड्न आँचलको बचाउमा देखा परेका हुन् । आजभोलि उनले आँचल भन्दा पनि अरु-अरुसँग भिडियो गरिरहेका छन् ।
दोस्रो कुरा चाँही के हो भने आँचलको कुराको भर गर्नुहुन्न । इतिहास साक्षी छ, अघिल्लो पटक आफैले बोलेको कुरा होइन भनिदिन्छन् । मतलब, ‘तपाईले विहे गर्दिन भन्नुभएको थियो, फेरी गर्नुभयो’ भनेर कसैले सोध्यो भने आँचलको जवाफ हुन्छ, ‘ह्या, मैले त्यस्तो भेनेकै छैन ।
यो समाचार  सम्पूर्ण साप्ताहिकमा  प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

96 ÷ 16 =