‘दोष रवि को पनि हैन बसन्तको पनि हैन, मिडियाको हो’ : गायक रामजी खाण

  • 1.6K
  •  
  •  
  •  
  •  
    1.6K
    Shares

काठमाडौँ, अहिले गायक तथा सर्जक बसन्त थापा र नेपाल आइडल रवि ओड चर्चामा छन् । दर्शकको त यसमा ध्यान गएको छ नै , विभिन्न कलाकारले पनि यस बिषयमा बोलिरहेका छन् । केहि दिन अघि रवि ओडले पनि फेसबुकमा एक स्टाटस मार्फ़र गीत दर्शकले आग्रह गरेपछि मात्र गाएको बताएका थिए । यसैबीच अर्का गायक रामजी खाणले यस बिषयमा मुख खोलेका छन् । आफ्नो फेसबुक मार्फत उनले सारा गल्ति मिडियाको रहेको बताएका हुन् ।

उनि लेख्छन् ‘ वशन्तजीको स्टाटसले मन पोल्यो तपाईलाई दुखे हामीलाई दुख्छ हामीलाई दुखे सम्पुर्ण कलाक्षेत्रलाई दुख्छ। खासमा यो विषयलाई लिएर धेरै वहस नगरौं वहसले झन ववाल मच्चाउछ भन्ने लागेको थियो, आख़िर त्यही भयो। वशन्त थापा र रवि ओड म दुवै जनाको फ्यान हो। वशन्तजी र रविजी विच उव्जियको विषयमा मेरो विचार। अनलाईन मिडियाका साथीहरुले यो विषयलाई किन वढि महोत्व दिएका छन, वशन्त जी को आफ्नै प्रशन्सक हरु शुभचिन्तकहरु छन रवि जी का आफ्नै छन, दुवै जनाका फ्यानहरुलाई उत्तेजक हुने गरी समाचार नवाउन मेरो अनुरोध छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

49 − = 44