यी उपाय अपनाउनुहोस् पाउनुहुनेछ ऋणबाट मुक्ति

  • 2.5K
  •  
  •  
  •  
  •  
    2.5K
    Shares

काठमाडौँ । आवश्यकता नभए मानिसले ऋण लिदैनन् । आर्थिक अवस्था कमजोर हुनु, आयआर्जनको पाटो नहुँदा ऋण लिनु पर्ने हुन्छ । दैनिक जिविको पार्जनको लागि आवश्यक पर्ने कुराहरुकै कारण हामीले ऋणको भारी बोक्नुपर्ने अवस्था सृजना हुन्छ ।

आफ्नो आवश्यकता पूर्ति गर्न लिएको ऋण तिर्न नसक्दा मानव जिवनमा थप समस्या निम्तने गर्छ । ऋणकै कारण पनि मानिसको दैनिक जविनमा अनेकौ कठिनाइहरु सिर्जना हुने गर्छन् । तर यस्तो अवस्थामा पनि जन्मकुण्डलीको दोष रहेको हुन्छ । जब मानिसको जन्मकुण्डलीमा ऋणको दोष हुन्छ त्यस्ता व्यक्तिले ल्याएको ऋण तिर्न गाह्रो हुन्छ । त्यसकारण ज्योतिषले कुण्डलीमा भएको ऋणको दोष मेटाउने उपायबारे बताएका छन् ।

कुण्डली र ऋणसँग सम्बन्धीत योग : ज्योतिषको अनुसार कुण्डलीम षष्ठम, अष्टम र द्वादश भाव ऋणसँग सम्बन्धीत हुन्छन्। यसलाई मंगल ग्रहको कारक मानिन्छ । मंगल ग्रह कमजोर हुँदा पापसँग सम्बन्धित हुने अष्ठम, दवादह, षष्ठम भावमा अशुभ हुने हुुँदा त्यो व्यक्ति ऋणी बन्ने गर्छ । यद्यपी यस्ता भाव र मंगलसँग शुभ ग्रहको दृष्टि पर्दा ऋण भएपनि त्यसबाट छुटकारा पाउन सकिन्छ । त्यसकारण मंगलबार र बुधबार धन लेनदेनको काम गर्नुहँदैन् ।

हेर्नुहोस् यस्तो छ ऋणबाट मुक्ति पाउने उपाय : शनिबारको दिन ऋणमुक्तेश्वरको पुजा गर्ने । मंगलबार पुजा, दान, तथा होम गर्ने र जप गर्ने । मंगलबार र बुधबार ऋण लेनद ेन नगर्ने । यी बार रातो र सेतो बस्त्रको प्रयोग गरेर श्री गणेशको पुजा आरधना गर्ने । बुधबारको दिन श्रीगणेशको अर्थर्वर्शीर्ष पाठ गरि शिवलिंगीमा प्रत्येक दिन दूध चढाउने गर्नाले ऋणबाट मुक्ति पाउन सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 72