अन्य महिलाको भन्दा फरक काम गर्ने कमला चौधरी, वर्कसपको हेड मिस्त्री भइसकेकी छन्

  • 143
  •  
  •  
  •  
  •  
    143
    Shares

काठमाडौँ । अन्य महिला भन्दा फरक काम गर्ने दाङ देउखुरीकी कमला चौँधरी मोटरसाइक वर्कसपको हेड मिस्त्री हुन् । जिन्दगीको असंख्य दुख र पिडालाई सामाना गर्दै आएकी कमलाको सघर्षले काम गरेर खान्छु भन्ने हरुको जीवनमा नयाँ उर्जा थपिदिन्छ ।

काठमाडौँबाट मोटर साइक बनाउने तालिम लिएकी कमला दाङमा पुगेर अनमोल वर्कसपमा काम गर्न सुरु गरिन् । काम गर्नकैै लागि मन डुलाएर दौडिरहनुभन्दा जे सिकेको छ त्यहि गर्न ठिक हुने सोच बनाएर काम सुरु गरेकी उनी अहिले हेड मिस्त्री बनिसकेकी छन् । दुई वर्षसम्म अरुको वर्कसपमा बसेर सर्भेसिङको काम गरेकी कमलाले अहिले आफ्नै वर्कसप खोलेकी छन् ।

आफ्नो वर्कसपमा काम गरेर बाँकी रहेको समय विभिन्न गाउँहरुमा पुगेर वर्कसप सम्बन्धी तालिम पनि दिने गर्छिन् । आफैले तालिम दिएर दर्जनौँ अन्य मिस्त्रीलाई आफु जस्तै दक्ष बनाएकी छन् । उनीसँग वर्कसपको लािग दक्षताहासिल भएको जनाउने सर्टिपिकेट समेत रहेको छ । दाङमा वर्कसप चलाइर बसेकी कमला सडक पुगेका विकट गाउँहरुमा गएर वर्कसप खोल्ने सपना देख्दै छिन् । उनको विगत खासै राम्रो छैन् ।

१२ वर्षको उमेरमा अरुको घरमा काम गर्न बसेकी कमला खाना पकाउने लुगा धुने, काम गर्थिइन् । विगत सम्झिदै भनिन्, अरुको घरमा काम गर्दा साउ साहुनीलाई खुसी पार्न धेरै गाह्रो हुन्थ्यो । सरकारले कमलरी मुक्त घोषणा गरेपछि घर फर्केकी कमलाले पढ्न सुरु गरिन् । तर घरको दुखको कारण तीन कक्षामात्रै पढिन् ।

अहिले आफ्नै वर्कसप सञ्चालन गरेर बसेकी कमलाले नै घर परिवारमा खर्च धानेकी छन् । कमलाको काम राम्रो लागेर अन्त नगई उनकोमा नै आउने गरेको ग्राहकहरु बताउँछन् । आफ्नो कामदेखी सन्तुष्ट रहेकी उनी काम गर्न लाज मान्न नहुने बताउँछिन् । उनको जीवनमाबाट सघर्ष नै जीन्दगी हो भन्ने कुरा बुझ्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 2